Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले साइकलमा चढाएर ल्याए बेहुली

हाम्रो कोशी आवाज
असार ९ २०७९, बिहिबार
जसले साइकलमा चढाएर ल्याए बेहुली

धरानः महँगीले सर्वसाधारणको दैनिकी कष्टकर बनेका वेला तनहुँमा भएको साइकल विवाहको यतिवेला चर्चा चुलिएको छ।
दाल, चामल, तेल, तरकारी मात्रै होइन सार्वजनिक यातायातदेखि हवाई यातायातसम्मको भाडा महँगो तिर्न सर्वसाधारण उपभोक्ता बाध्य भइरहेका छन्।
रासायनिक मल त किन्छु भन्दा समेत नपाएर किसान खेतबारी बाँझै राख्नुपर्ने बाध्यतामा परेका छन्। पेट्रोलिय पदार्थमा गरिएको चर्को मूल्यवृद्धिको मारमा परेको भन्दै तनहुँका एक युवाले साइकल चढेर विवाह गरेका हुन्।
व्यास नगरपालिका–१० कुमलटारीका २६ वर्षीय विनोद सापकोटाले आफूसहित जन्तीहरूलाई पनि साइकलमा लगेर मंगलबार बेहुली भित्र्याएका हुन्।
उनले घरबाट ६ किलोमिटर टाढा रहेको विवाहस्थलमा जन्ती साइकलमै लगेका थिए भने बेहुलीलाई पनि साइकलमै चढाएर घर पुर्‍याई भित्र्याएका थिए। उनले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै बिहे गरेको बताएका छन्।
मितव्ययी तरिकाले विवाह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न र पेट्रोलियम पदार्थको खपत घटाउन सन्देश दिने मुख्य उद्देश्यले साइकलको सवारी प्रयोग गरेको बेहुला सापकोटाले बताएका छन्।
भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यका लागि पहल सुरु गर्नका लागि विवाहमा साइकल प्रयोग गरेको नवविवाहित जोडीको दाबी छ। बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलोमिटर दूरी पार गरी सदरमुकाम दमौलीमा पुगेका थिए। सिङ्गारपटार गरेका बेहुला र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने र सेल्फी खिच्ने भेटिए।
बेहुली भुजेलले पनि सामाजिक कुरीतिको बन्धनलाई तोड्दै आफ्नी आमाको मृत्यु हुँदा कपाल खौरिएर १३ दिनको अन्तिम संस्कार गरेकी थिइन्। छोराले दागबत्ती दिनुपर्छ र छोरा मात्रै किरियापुत्री हुन्छन् भन्ने वर्षौंदेखिको सामाजिक मान्यतालाई तोडेर उनले साहसिक कदम चालेकी थिइन्।​

प्रकाशित मिति: असार ९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend