धरानः बजेटमा निर्माणमा प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । संसदमा बोल्दै उनले आफूमाथि प्रश्न उठेको भन्दै छानबिनको सहजतको लागि राजीनामाको घोषणा गरेका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै आफूमाथिका आरोप पुष्टि गर्न चुनौती दिएका शर्माले पदबाट राजीनामा घोषणा गरेका हुन्।
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजार वटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताएका छन्।