Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हवाई भाडा फेरि बढ्यो, विराटनगरको भाडा १० हजार २५ रुपैयाँ

हाम्रो कोशी आवाज
असार २२ २०७९, बुधबार
हवाई भाडा फेरि बढ्यो, विराटनगरको भाडा १० हजार २५ रुपैयाँ

धरानः आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पुर्‍याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले भाडा बढाएको हो । बढेको भाडा भोलि बिहीवारदेखि लागू हुनेछ ।
सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ । यस्तै नेपालगञ्जको १३ हजार नाै सय ८०, सुर्खेतको १४ हजार नाै सय ९५, भद्रपुरको १२ हजार नाै सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ ।
सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: असार २२ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend