Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छिटोगरी शुरु भएको मौसम ढिलोगरी बाहिरिँदै

हाम्रो कोशी आवाज
असोज ३० २०७९, आइतबार
छिटोगरी शुरु भएको मौसम ढिलोगरी बाहिरिँदै

धरानः यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो ।
सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिए ।
मनसुन बाहिरिएको औपचारिक घोषणा हुन भने बाँकी छ । हिजो प्रदेश-१ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको थियो । यसपालि मनसुन सुरु हुँदै गर्दा र मनसुनको अन्त्यतिर धेरै वर्षा भयो । मध्य मनसुनमा खासै पानी पर्न सकेन ।
मनसुनको सुरुवातका तीन महिना जुन, जुलाई र अगस्टमा औसतभन्दा कम पानी परेको थियो । त्यसले रोपाइँसमेत प्रभावित हुन पुगेको थियो । त्यसपछिका महिनामा औसतमा वर्षा भएकोमा असोज तेस्रो हप्ता भने ठूलो वर्षा भएको थियो । यो वर्षाले पश्चिमी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको छ । मानवीयसँगै धानबालीमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति: असोज ३० २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend