Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः माटोमा खेल्ने, खोला-पोखरी वा हरियालीमा बिताउने मान्छे असल बन्छ

हाम्रो कोशी आवाज
असोज ३० २०७९, आइतबार
नयाँ अध्ययनः माटोमा खेल्ने, खोला-पोखरी वा हरियालीमा बिताउने मान्छे असल बन्छ

‘माटोमा नखेल, लुगा फोहोर हुन्छ’यदि तपाईंले पनि आफ्ना छोराछोरीलाई माटोमा खेल्नबाट रोक्नुहुन्छ भने आजैबाटै यसो गर्न बन्द गर्नुहोस्।
माटो र बालुवामा सूक्ष्मजीवहरू हुन्छन् जुन तिनीहरूको स्वास्थ्यको लागि राम्रो हुन्छ। उनीहरुको रोग प्रतिरोधी क्षमता बढाउँछ। माटोमा खेल्दा बालबालिकालाई एलर्जी र दमको समस्या कम हुने गर्छ। हिलोमा खेल्दा पनि डिप्रेसन र चिन्ता उत्पन्न हुँदैन।
अनुसन्धानकर्ता एलेसिया फ्रान्को र डेभिड राब्सनका अनुसार प्राकृतिक वातावरणमा स्वतन्त्र रूपमा हिँडडुल गर्नाले बालबालिकालाई रोगसँग लड्न बलियो बनाउँछ भन्ने अनुसन्धानले देखाएको छ। इटालीको पालेर्मो विश्वविद्यालयका लेक्चररहरू भन्छन्, ‘माटो, र बालुवाले बालबालिकाको इन्द्रिय विकास गर्छ। यो एक प्रकारको थेरापी हो, जसले रोग निको मात्र गर्दैन तर रोग लाग्नबाट पनि बचाउँछ।’
आफ्ना भावना व्यक्त गर्न नसक्ने बालबालिकालाई स्यान्ड ट्रे थेरापी दिइन्छ। यसमा बालबालिका बालुवासँग खेल्छन्। अहिलेसम्म हिलोमा खेल्नु सरसफाई होइन भन्ने मान्यता थियो। अर्को अनुसन्धानमा यो खुलासा भएको छ कि जो बच्चाहरु नीलो र हरियो ठाउँमा बढी समय बिताउँछन्, उनीहरु हुर्केर राम्रो मानव बन्न सक्छन्। ब्लू स्पेस भन्नाले समुन्द्र, नदी, ताल र हरियो ठाउँ भन्नाले वन, पार्क, बगैचाजस्ता हरियाली भन्ने बुझिन्छ।
फ्रान्को र राब्सनका अनुसार, प्राकृतिक ठाउँहरूले दिमागलाई यस्तो स्तरमा उत्तेजित गर्छ कि यो एक तरिकामा, रिचार्ज हुन्छ। जसरी हिमाल वा समुन्द्रको यात्राले शरीर र मन दुवैलाई स्फूर्ति दिन्छ। हामी थप ऊर्जावान महसुस गर्न थाल्छौं।
अघिल्लो अध्ययनमा भुइँ, सडक आदि जस्ता शहरी मैदानमा २० मिनेट हिड्नुको सट्टा पार्कमा २० मिनेट खाली खुट्टा हिड्दा ध्यान केन्द्रित गर्ने शक्ति बढ्छ। एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) का बिरामीहरूमा पनि एकाग्रता बढेको छ।
ब्लू हेल्थ इन्टरनेसनल सर्वेक्षणले युरोपका १४ देश र अन्य चार देश हङकङ, क्यानडा, अष्ट्रेलिया र क्यालिफोर्नियाका १५ हजार मानिसमा सर्वेक्षण गरेको थियो। १६ वर्षको उमेरसम्म समुद्र वा हरियालीमा बढी समय बिताउने मानिसलाई प्रकृतिप्रति बढी लगाव हुन्छ। युवावस्थामा पनि यस्ता ठाउँमा जान मन लाग्छ। यस्ता मानिस मानसिक रुपमा बलियो हुन्छन्।

प्रकाशित मिति: असोज ३० २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend