Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल पनि, ११० औँ स्थानमा

हाम्रो कोशी आवाज
माघ १७ २०७९, मंगलबार
भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल पनि, ११० औँ स्थानमा

भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल ११० औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।
सीपीआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक (११० औँ स्थान) दिइएको छ । सीपीआई २०२१ मा नेपालको अंक ३३ (११७ औँ स्थान) रहेको थियो । नेपालको अंकमा केहि सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणी कायम रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)द्वारा आज भ्रष्टाचार अवधारणा सुचकांक सार्वजनिक गरिएको छ । यस वर्ष सो सूचकांकमा डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुककारुपमा सूचीकृत भएको छ ।
त्यस्तै, सोमालिया १२ अंक प्राप्त गरि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ । यस सूचकांकमा एक सय अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्बिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।
सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक (२५ औँ), मालदिभ्सले ४० अंक (८५ औँ), भारतले ४० अंक (८५ औँ), श्रीलंकाले ३६ अंक (१०१ औँ), पाकिस्तानले २७ अंक (१४० औँ), बङ्गलादेशले २५ अंक (१४७ औँ) र अफगानिस्तानले २४ अंक (१५० औँ) स्थान प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अंक (६५ औँ) स्थान प्राप्त गरेको छ ।
सन् २०२२ मा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई सिपीआई २०२२ को आधार मानिएको छ । सर्वेक्षणहरूमध्ये विश्व बैंकले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम कारवाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरुको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।

प्रकाशित मिति: माघ १७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend