Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

हाम्रो कोशी आवाज
माघ २४ २०७९, मंगलबार
भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

धरानः भारतलाई पराजित गर्दै नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकामा भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले भारतलाई पराजित गर्‍यो । नेपालले ३ मध्ये २ खेलमा जित हात पारेको छ । यसअघि पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो । भारतले भने पहिलो खेलमा भुटानलाई हराएपनि दोस्रो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो ।
भारतविरुद्ध नेपाललाई जित दिलाउन अन्जली चन्द, अमिशा कार्की र कप्तान प्रिति राईले एक-एक गोल गरे । भारतका लागि एकमात्र गोल अपूर्णा नारजेरीले गरेकी थिइन् ।
अपूर्णाले २१ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । सुमती कुमारीको पासमा अपूर्णाले गोल गरिन् ।
तर अन्जली चन्दले नेपालका लागि ४८ औँ मिनेटमा बराबरी गोल गरिन् । भारतीय गोलरक्षक अन्सिकाले गरेको गल्तीको फाइदा उठाउँदै अन्जलीले गोल गरेकी थिइन् ।
त्यसैगरी, प्रिति राईले ६९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् । सुनकला राईलाई भारतीय खेलाडीले पेनाल्टी बक्सभित्र फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
अमिशाले ८९ औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् । कप्तान प्रितिले दिएको पासमा अमिशाले गोल गरेकी हुन् ।

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend