Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीकी युवती साथीको फेक आइडी बनाएर ठगेको आरोपमा समातिइन्

हाम्रो कोशी आवाज
माघ २४ २०७९, मंगलबार
सुनसरीकी युवती साथीको फेक आइडी बनाएर ठगेको आरोपमा समातिइन्

धरानः साथीको नाममा फेक आइडी खोलेर अवैध कारोबार गरेको आरोपमा सुनसरीकी एक युवती पक्राउ परेकी छिन् । प्रहरीले सुनसरीको रामधुनी गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौँको नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठ पक्राउ गरेको जनाएको छ ।
युवतीले आफ्नै साथीको नाममा फेक आइडी खोलेर फेसबुक, इस्टाग्रामजस्ता सामाजिक सञ्जालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक अकाउन्ट खोलेर गलत कार्य गरेको आरोपमा पक्राउ परेकी हुन् । उनले साथीको फोटो, स्टाटस समेत अपलोड गरेर केटा साथीहरुलाई म्यासेन्जरमार्फत विभिन्न बहाना बनाई रकम माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा साइबर ब्यूरोमा उजुरी परेपछि श्रेष्ठ पक्राउ गरेकी हुन् । उनले आफनो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाउँदै रकम लिएर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
अष्ट्रेलियामा बस्ने केटी साथीको नाममा फेसबुक आइडी बनाएर युनिसाले केटा साथी बनाएर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । आरोपीलाई थप अनुसन्धान र कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले साइबर ब्यूरोमा पठाएको छ ।

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend