Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘लालबहादुर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ २६ २०७९, बिहिबार
‘लालबहादुर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको संघर्षको कथा
धरानः सरोज खनाल अभिनीत सिरिज ‘लाल बहादुरः द स्पार्क’ को ट्रेलर सार्वजनिक भएको छ ।
देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा सरोज खनालसँगै सुनिल थापा, खड्गबहादुर पुन (खबपु), सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको अभिनय छ ।
चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए । जी मिडिया कनेक्सन प्राली ब्यानरबाट बनेको सिरिजमा प्रकाश आङ्बुहाङ (हाङबारे) को लगानी रहेको छ ।
नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सहनिर्देशन, प्रनुप थापाको संवाद, विवेक उप्रेतीको सम्पादन र सञ्जिव सुब्बाको संगीत रहेको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको संघर्षलाई सिरिजमा देखाइनेछ । सिरिज फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने जनाइएको छ ।

https://youtu.be/-StmC9g9yoI

प्रकाशित मिति: माघ २६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend