Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्भ बस्न नदिन पुरुषले सेवन गर्ने चक्की आउँदै, कसरी गर्ला यसले काम ?

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७९, बिहिबार
गर्भ बस्न नदिन पुरुषले सेवन गर्ने चक्की आउँदै, कसरी गर्ला यसले काम ?

धरानः वैज्ञानिकहरूले शुक्रकीटको पौडिन सक्ने क्षमता रोक्ने उपाय पत्ता लागेपछि गर्भ निरोधका लागि पुरुषहरूले सेवन गर्ने चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन्।
उनीहरूका अनुसार त्यस्तो औषधिमा कुनै पनि हर्मोन प्रयोग गरिएको हुँदैन र माग भए उत्पादन गर्न सकिन्छ।
मुसामा गरिएको परीक्षणमा उक्त औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइयो। त्यति समय शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन र गर्भ बस्न नदिन पर्याप्त हुन्छ।
तर मानवमा परीक्षण गर्नुअघि धेरै चरणमा अरू परीक्षण हुन बाँकी नै छ।
मानवका लागि उपलब्ध भए पुरुषहरुले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि यस्तो चक्की सेवन गर्न सक्छन्।
तर उनीहरुले औषधि कति बेलासम्म प्रभावकारी हुन्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ।
यो औषधिले कसरी काम गर्छ?
महिलाहरूले प्रयोग गर्ने गर्भनिरोधक चक्कीमा हर्मोन प्रयोग गरिएको हुन्छ। तर पुरुषका लागि अनुसन्धान भइररहेको औषधिमा कुनै पनि हर्मोन हुँदैन।
आफूले अन्वेषण गरिरहेको विषयका लागि यो एउटा सबल पक्ष भएको वैज्ञानिकहरू बताउँछन्। किनभने यो औषधिले टेस्टस्टरोनलाई दमन गर्दैन र शरीरमा पुरुष हर्मोनको कमी हुनेजस्तो दुष्प्रभाव पार्दैन।
बरु वैज्ञानिकहरूले लक्ष्य बनाउन खोजेको “स्विच” शुक्रकीटको पौडिने क्षमता हो। त्यो स्विच वास्तवमा कोषीय सङ्केतको एउटा प्रोटीन हो। त्यसको नाम ‘सल्यबल एडिनाइलिल साइक्लेज’ (एसएसी) हो।
अहिले परीक्षण गरिएको चक्कीले एसएसीलाई निषेध वा अवरोध गर्छ।
मुसामा गरिएको अध्ययनमा TDI-11861नामक औषधिको एक मात्राले सम्भोगअघि, सम्भोगका क्रममा र सम्भोगपछि पनि शुक्रकीट गतिहीन बनेको पाइयो।
उक्त अध्ययन गर्न यूएस न्याश्नल इन्स्टिट्यूट्स अफ हेल्थले आर्थिक सहयोग उपलब्ध गराएको थियो। नेचर कम्यूनिकेशन्स जर्नलमा यसबारे शोधपत्र प्रकाशित भएको छ। बीबीसी

प्रकाशित मिति: फाल्गुन ४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend