Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रदेश १ स्तरीय बास्केटबल, धरान मेघा, धरान सिटी, इन्जिनियर र जनसेवक विजयी

हाम्रो कोशी आवाज
फाल्गुन ६ २०७९, शनिबार
धरानमा प्रदेश १ स्तरीय बास्केटबल, धरान मेघा, धरान सिटी, इन्जिनियर र जनसेवक विजयी

धरानः धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी विजयी बनेको छ ।
दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिलातर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८–४ अंकको अन्तरले पराजित गरेको छ । यसैगरी पुरुषतर्फको खेलमा धरान सिटी कलेजले डिपो स्कुललाई २९–२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८–२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रीय प्रविधी क्याम्पस हात्तिसारलाई ३८–१५ अंकले पराजित गरेको छ । खेलमा मेघाका सितल तामाङ र निरुता राईले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । यसैगरी डिपोका रिदम राइले १३, इन्जिनियर कलेजका अनमोल राईले २२ र राष्ट्रिय जनसेवक इटहरीका विजय शाहले ११ अंक जोडेका छन् ।
अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका छात्रतर्फका बिजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका बिजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपी उपाधि महिला पुरुष बिजेताले जनही नगद दुई हजार ५ सय र हाइस्कोररले जनही दुई हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले प्रायोजन गरेका हुन् ।

प्रकाशित मिति: फाल्गुन ६ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend