Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोका लागि निःशुल्क बस सेवा

हाम्रो कोशी आवाज
फाल्गुन १२ २०७९, शुक्रबार
धरान एक्स्पोका लागि निःशुल्क बस सेवा

धरान  अवलोकनकर्ताको सहजीकरणका लागि धरान एक्स्पो २०७९ मा निःशुल्क बस सेवा उपलब्ध गराइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी एक्स्पोलाई लक्षित बस सेवा उपलब्ध गराइएको आयोजकले बताएको छ ।
एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार धरानका विभिन्न पाँच स्थानबाट एक्स्पो स्थलसम्म बस सेवा उपलब्ध गराइएको हो ।
धरानको चतरा बस स्ट्यान्ट, पानमारा स्कुल डाँडा, बरगाछी (रानी पेट्रोल पम्प), बगरकोट पारी (सेउती पुल) र मंगलबारे चोकबाट बस सेवा उपलब्ध रहेका छन् ।
‘एक्स्पोमा अवलोकन गर्न सहज होस् भन्ने उद्देश्यसहित निःशुल्क बस सेवा उपलब्ध गराइएको छ’ संयोजक श्रेष्ठले भने, ‘तर अवलोकनकर्ताको फर्किने समय निश्चित नभएकाले बस सेवालाई एकतर्फिमात्र गरिएको छ ।’
फागुन ११ गतेबाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ । एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा रैथाने, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका उत्पादनबारे जानकारी लिन र खरिद गर्न सकिनेछ ।
त्यसबाहेक बाल उद्यम, मनोरञ्जन, सेल्फी जोन, खानाका परिकार र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न पाइनेछ ।

यी स्थानबाट उपलब्ध छन् निःशुल्क बस सेवा
चतरा बस स्ट्यान्ड – दिउँसो २ः३० बजे
पानमारा स्कुल डाँडा – दिउँसो २ः३० बजे
वरगाछी (रानी पेट्रोल पम्प) – दिउँसो १ः३० बजे
बगरकोट पारी (सेउती पुल)– दिउँसो १ बजे
मंगलबारे चोक – दिउँसो २ः३० बजे

प्रकाशित मिति: फाल्गुन १२ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend