Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोः आजको प्रमुख आकर्षण ‘आस्था राउत’

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७९, आइतबार
धरान एक्स्पोः आजको प्रमुख आकर्षण ‘आस्था राउत’

धरान: धरान रङ्गशालामा जारी धरान एक्स्पोमा आज चर्चित गायिका आस्था राउतले साङ्गीतिक प्रस्तुति दिने भएकी छिन् ।
साँझ ६ बजेबाट गायिका राउतको प्रस्तुति सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
गायिका राउतको ‘माया यो माया’, ‘वारी सिकारी पारी सिकारी’, ‘चौबन्दीमा पटुकी’ लगायतका गीत चर्चित छन् ।
फागुन ११ बाट सुरु भएको एक्स्पोमा राजेशपायल राई, छेवाङ लामा र समिर श्रेष्ठले आ–आफ्नो प्रस्तुति दिइसकेका छन् ।
संयोजक श्रेष्ठका अनुसार गायिका राउतबाहेक स्थानिय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।
फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा साँझ पाँच बजेपश्चात्त दुई सय रुपैयाँका दरले टिकट मुल्य निर्धारण गरिएको छ ।
सुनसरीको व्यवसायीक प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको दश दिने एक्स्पोमा तीन लाख बढी मानिसले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: फाल्गुन १४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend