Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीको वार्षिकोत्सव र अभिभावक दिवस भव्य, विद्यार्थीले देखाए प्रतिभा र फेसन (३५ तस्वीरसहित)

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७९, आइतबार
धरानको सुनाखरी एकेडेमीको वार्षिकोत्सव र अभिभावक दिवस भव्य, विद्यार्थीले देखाए प्रतिभा र फेसन (३५ तस्वीरसहित)

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिभा प्रदर्शनका साथै फेसन प्रदर्शन समेत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी बेघाले सुनाखरी एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई अब्बल विद्यालयको रुपमा स्थापित भएको बताए ।
स्कुलका प्रिन्सिपल मिलनकुमार राईले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यार्थीहरुको रुचिअनुसारको प्रतिभा प्रष्फुटन गराउन कुनै कसुर बाँकी नराख्ने बताए । उनले विद्यालयका अधिकांश विद्यार्थीले अतिरिक्त क्रियाकलापमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको समेत बताए ।
स्कुलका निर्देशक प्रदिप राईले कार्यक्रम सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुरयाउने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, एनप्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, धरान–१२ का वडा सदस्य ब्रम्हज्ञ भट्टराई, धरान इन्टरनेसनल कलेजका सिइओ लोकेन्द्र श्रेष्ठ, चन्द्र संस्कृत माविका शिक्षक सूर्य अधिकारी, विद्यालयका सञ्चालक किशोर सम्वाहाम्फेलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले फेसन शोसँगै आकर्षक नृत्य, गीत साथै कराँते विधा पनि पस्किएका थिए ।
कार्यक्रममा वर्षभरी विद्यालयको प्रतिनिधित्व गर्दै विभिन्न ठाउँमा गएर अतिरिक्त क्रियाकलापमा भाग लिई उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार दिइएको छ । त्यसैगरी विद्यालयबाट अवलोकन भ्रमणमा गई उत्कृष्ट प्रतिवेदन तयार पार्ने कक्षा–११ र १२ का विद्यार्थीहरु समेत पुरस्कृत भएका छन् । शिक्षिका रेस्मा तामाङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक प्रविन खत्री लगायत विद्यार्थीले गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन १४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend