Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाजवादी विधार्थिले बनाए जेब्रा क्रसिङ

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७९, शुक्रबार
समाजवादी विधार्थिले बनाए जेब्रा क्रसिङ

समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विधार्थि युनियनले जेब्रा क्रसिङ बनाएको छ । महेन्द्र बहुमुखि क्याम्पस अन्तर्गतको समाजवादी विधार्थि युनियनले क्याम्पस परिसरको दुई मुख्य गेट अगाडी जेब्रा क्रसिङ निर्माण गरेको हो ।

क्याम्पसको विद्यार्थी हरुको आवत(जावतमा सहजता प्रदान गर्न जेब्रा क्रसिङ निर्माण गरिएको समाजवादी विधार्थि युनियन महेन्द्र बहुमुखि क्याम्पस ईकाई कमिटी अध्यक्ष तथा स्ववियु सभापति उम्मेदवार युवराज राई अलौकिकले जानकारी गराएका छन । यसले क्याम्पस परिसरको सडकमा हुन सक्ने दुर्घटना लाई समेत नियन्त्रण गर्न सहयोग पुर्याउने उनले बताए ।

स्ववियु सचिव पदका उम्मेदवार बिनिता लिम्बुले क्याम्पस र क्याम्पसका विद्यार्थीको सुरक्षाका निम्ति विद्यार्थीको समेत दायित्व रहेने बताउँदै यो कार्यले विद्यार्थीहरुको भावनालाई समेत जोडन मद्वत गर्ने बताएकि छिन ।

समाजवादी विधार्थि संगठनमा संगठित पहिलो वर्षमा अध्ययनरत विधार्थिहरु सँगको ईकाइ कमिटिको समन्वय र जिल्ला ट्राफिक कार्यालय सुनसरी सँगको सहकार्यमा उत्त जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

 

 

प्रकाशित मिति: फाल्गुन १९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend