Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिँड्दै ‘खुवालुङ’ पुगे युवा

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७९, आइतबार
हिँड्दै ‘खुवालुङ’ पुगे युवा

धरानः स्मार्ट गाइज समूहले खुवालुङसम्मको पदयात्रा सम्पन्न गरेको छ ।
‘हिँड्छ युवा, बढ्छ युवा’ नाराका साथ यो समूहले शनिबार त्रिवेणीमा अवस्थित खुवालुङसम्म पदयात्रा गरेको हो । खुवालुङलाई किराँतीहरुको आस्थाको केन्द्रको रुपमा पनि मानिने गरेको छ ।
समूहका सदस्य वरदान भारत राईका अनुसार धरानदेखि बराहक्षेत्र हुँदै खुवालुङ अवस्थित स्थल त्रिवेणीसम्म पदयात्रा गरिएको थियो । युवाको समूहबाट निर्माण भएको स्मार्ट गाइज समूहले भविष्यमा सामाजिक कार्यमा अग्रसर रही सामाजिक संस्थाको रुपमा समूहलाई स्थापित गरेर लैजाने राईले बताए । उनका अनुसार समूहले सिर्जनशील युवाहरुलाई समाविष्ट, प्रोत्साहन गर्दै युवाहरूको नेतृत्व विकाव कार्यमा समेत निरन्तरता दिनेछ ।
युवाहरु वैचारिक र शारीरिक तवरले पनि स्वास्थ्य हुनुपर्छ भन्ने मान्यतासहित पदयात्रा आयोजना गर्नुको उद्देश्य रहेको समूहका सदस्य नरेन्द्र राईले बताए । दोस्रो हप्ताको शनिबार सरसफाई क्याम्पिनिङसहित समूहले धनकुटा जिल्लाको ऐतिहासिकगढी साँगुरीगढीसम्म पदयात्रा गर्ने समेत उनले जानकारी गराए ।

प्रकाशित मिति: फाल्गुन २१ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend