धरानः धरानको ‘स्मार्ट गाइज’ समूहले पदयात्रा सँगै सरसफाइ अभियान सुरु गरेको छ । शनिबार धरानदेखि धनकुटाको साँगुरीगढीसम्म उनीहरुले अभियान चलाएका थिए ।
सचेतनाको लागि सरसफाइ अभियानलाई अगाडि बढाएको समूहका कोषाध्यक्ष मिलन राईले बताए । उनका अनुसार धरानको ओशोमा अवस्थित श्रम सस्कृति पार्क र धनकुटा जिल्लाको ऐतिहासिक गढी साँगुरीगढी परिसरमा सरसफाइ गरिएको हो ।
ऐतिहासिक महत्व रहेको गढी साँगुरीगढी पर्यटकीय गन्तव्य समेत रहेकोले मान्छेहरु घुम्म डुल्न आउने गरेका छन् । जसले गर्दा त्यस परिसरमा मान्छेले प्रयोग गरेर फ्याँकिएका प्लास्टिक र शिशाजन्य फोहोर ठूलो संख्यामा थुप्रिएको छ । जसको कारण आसपासको वातावरण र गढीको सुन्दरतालाई समेत दुषित बनाएको उनले बताए ।
अहिले भने स्मार्ट गाइज समूहको पहलमा गँढी आसपासका फोहोरलाई संकलन गरेर व्यवस्थित तरिकाले डिस्पोज गरिसकेको समुहका सदस्य सौगात श्रेष्ठले जानकारी गराए ।
समूहले ऐतिहासिक स्थलहरुलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आग्रह गर्दै सो गढी परिसरमा सूचना पाटी र डस्बिन उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिहरुलाई समेत अनुरोध गरेका छन् ।


