Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको आसरा सुधार केन्द्रको वार्षिकोत्सव

हाम्रो कोशी आवाज
चैत्र १ २०७९, बुधबार
धरानको आसरा सुधार केन्द्रको वार्षिकोत्सव

धरानः आसरा सुधार केन्द्र पानबारी धरानको पाँचौ वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले पानसमा दीप प्रज्वलन गरी विधिवत रुपमा उद्घाटन भएको कार्यक्रममा उनले केन्द्रको परिसरमा नव–निर्मित भगवती मन्दिरको समेत उद्घाटन समेत गरेकी थिइन् ।
कार्यक्रमलाई बोल्दै उनले दुव्र्यसनीमा फँसेका युवाहरुलाई उपचार, परामर्श तथा पुनःस्थापनामार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्थापना गर्ने कार्य गर्दै आएको केन्द्रले आगामी दिनमा समेत थप ब्यवस्थित र प्रभावकारीरुपमा सेवा प्रदान गर्दै रहनेमा आफू विश्वस्त रहेको बताइन् ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफूले समेत लागूऔषध दुव्र्यसनबारे धरानमा जनचेतना फैलाइरहेको बताए । उनले प्रत्येक हप्ताको शुक्रबार यस्तो कार्यक्रममार्फत् सचेतना फैलाइएको बताउँदै अहिले नभएपनि पछि यसले प्रभाव पार्ने बताए ।
आसरा सुधार केन्द्र पानबारीले २०७५ साल चैत्र महिनादेखि निरन्तरपमा लागूऔषध तथा मद्यपानको लतमा फँसेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी एवं अनुभवी तथा दक्ष मनोविमर्शकर्ताहरुद्वारा उपचार गराई समाजमा पुनस्थापना गराउँदै आएका साथै लागूऔषधको दुरुपयोगबाट हुन सक्ने पारिवारिक, सामाजिक, आर्थिक तथा व्यक्तिगत समस्याका साथै आपराधिक गतिविधिलाई न्युनीकरण गर्ने उद्देश्यका साथ लागूऔषध दुव्र्यसनको उपचार तथा पुनस्थापनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउँदै आइरहेको छ ।
केन्द्रले स्थापना कालदेखि हालसम्म ८९६ जना सदस्यहरुलाई उपचार गराउँदै आइरहेकोमा उपचारपश्चात ८१० जनालाई डिष्चार्ज गरी समाजमा पुनस्थापना गराइसकेको छ भने हाल ८६ जना सदस्यहरुको प्रभावकारीरुपमा स्वास्थ्य उपचार भइरहेको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरु तथा आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति: चैत्र १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend