Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङ र बालेनबीच भेट

हाम्रो कोशी आवाज
चैत्र २१ २०७९, मंगलबार
धरानका मेयर साम्पाङ र बालेनबीच भेट

धरानः काठमाडौंमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन् ।
फेसबुकमा बालेनसँगको भेटको तस्वीर शेयर गर्दै साम्पाङले आफूहरूको पहिलो भेट भएको उल्लेख गरेका छन् । उनले भेटमा रमाइलो कुराकानी भएको पनि जानकारी दिएका छन् ।
‘आज बालेन शाहज्यूसँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी,’ साम्पाङले फेसबुकमा लेखेका छन् । भेटका क्रममा हर्कले बालेनलाई चिनोको रूपमा सिलामसाक्मा दिएका थिए । मेयर साम्पाङ अहिले काठमाडौंमा छन् । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेका थिए। उनले आजै शहरी विकासमन्त्री सीता गुरुङलाई पनि भेटेका छन् ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री गुरुङलाई भेटेर आवश्यकताको सूची बुझाएको पनि साम्पाङले फेसबुकमा लेखेका छन् ।
उनले धरानमा आफ्नै नेतृत्वमा भएको श्रमदान सम्झिरहेको सामाजिक सञ्जालमा बताएका छन्। उनले भनेका छन्,‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन, आइ मिस पाइप पुलिङ एण्ड स्टोन क्यारिङ।’

प्रकाशित मिति: चैत्र २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend