धरानः नेकपा (एमाले) धरान नगर कमिटीको अध्यक्षमा हर्कजङ एभेङ निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय पुनःसंरचनापछिको एमाले धरान नगर कमिटीको प्रथम अधिवेशनमा एभेङ अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् । नगर कमिटीको सचिवमा राजेन्द्र राई निर्विरोध बने । उपाध्यक्षमा पारस काङमाङ राई र श्री राईले उम्मेदवारी दिएका छन् भने दुई सह–सचिवका लागि सात जनाले उम्मेदवारी दिएका छन् ।
उपसचिवमा लक्ष्मी बानिया, दिवस राई, शिवराज श्रेष्ठ, सुरेन्द्र घिमिरे, योगेशबाबु काफ्ले लगायतले उम्मेदवारी दिएको एमाले सुनसरीका जिल्ला सदस्य राजमणी निरौलाले बताए । उनले ८५ जना सदस्यमा धेरैजसो निर्विरोध निर्वाचित भएको बताए ।