Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा वडाध्यक्षलाई ‘पानी चाहियो’ भन्दै घेर्न थाले

हाम्रो कोशी आवाज
बैशाख ६ २०८०, बुधबार
धरानमा वडाध्यक्षलाई ‘पानी चाहियो’ भन्दै घेर्न थाले

धरान-१ मा अबचाहिँ पानी अभाव,  ट्याङ्करबाट खुवाउँदै वडाध्यक्ष

धरानः चर्को गर्मी बढेसँगै अबचाहिँ धरानमा पानीको अभाव हुन थालेको छ ।
धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्यलाई पानी चाहियो भन्दै जहाँ भेट्यो त्यही घेर्न थालेपछि उनले अहिले ट्याङ्करबाट पानी मगाएर खुवाउन थालेका छन् । बुधबार उनले पृथ्वीमार्ग पानी बाँडेका छन् । उनले पानी नआएको भन्दै चार–पाँच दिनदेखि उपभोक्ताले गुनासो गर्न थालेपछि खानेपानी बोर्डमै बिन्ती बिसाएर ट्याङ्करमा मगाएर पानी वितरण गरेको बताए । ‘मलाई त उपभोक्ताले जहाँ भेट्यो, त्यही घेर्न थाले’, उनले भने, ‘चार–पाँच दिनदेखिको गुनासो सुनिसकेपछि ट्याङ्करमा पानी मगाएर खुवाउन लागिपरेको छु ।’
धरान–१ मा प्रायः अधिकांश उपभोक्ताले पानी मागेर हैरान पार्न थालेको उनले बताए । उनले हाल भुपी मार्ग, दुर्गा–पर्वत मार्गलगायत धरान–१ का अधिकांश टोलमा पानीको अभाव रहेको बताए ।
सुख्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको हो । हप्तादिनदेखि धरानका आधाजसो घरमा जडान गरिएका धारामा पानी नआएपछि खानेपानीको अभाव भएको हो । बोर्डले पानी उत्पादक भएको भन्दै खानेपानी वितरणमा भारी कटौती गरेपछि धरानमा खानेपानीको हाहाकार मच्चिएको हो ।

प्रकाशित मिति: बैशाख ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend