Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः हाँस्दा पनि आयु बढ्छ

हाम्रो कोशी आवाज
बैशाख १५ २०८०, शुक्रबार
नयाँ अध्ययनः हाँस्दा पनि आयु बढ्छ

आज विश्व हाँसो दिवस। हाँसो एक प्रकारको सकारात्मक अनि शक्तिशाली भाव हो। यो जो कोहीमा हुनु आवश्यक छ। यसले जीवनमा रस अनि आशा थप्दै जाने प्रेरणा दिन्छ। हाँसो मानिसको मनमा उब्जने भावना हो।
कयौँ अध्ययनले हाँस्दा आयु बढ्नेसमेत बताएका छन्। नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावनाले नहाँस्ने मान्छे भन्दा बढी समयसम्म बाँचेको पाइएको थियो। हाँसोलाई रिस मार्ने र मित्रता बढाउने माध्यमका रूपमा पनि लिन सकिन्छ।
विश्वको सबैभन्दा महंगो कुरा हो हाँसो। कसैले पनि हाँसोलाई किन्न सक्दैन। हाँसो एउटा यस्तो महंगो गहना हो जसको खोजीमा मान्छे जीवनभर भौतारी रहन्छ। हाँसोले मान्छेलाई शारीरिक र मानसिकरूपमा तन्दुरुस्त बनाउँछ। हाँसोले हामीलाई सन्तुष्टि मिल्छ।
विश्वको सबैभन्दा महंगो कुरा हो हाँसो। कसैले पनि हाँसोलाई किन्न सक्दैन। हाँसो एउटा यस्तो महंगो गहना हो जसको खोजीमा मान्छे जीवनभर भौतारी रहन्छ।
हाँसोका फाइदा
– हाँस्दा शरीरका हरेक अङ्ग सक्रिय हुन्छन्। जसले गर्दा शरीरमा नयाँ ऊर्जा पैदा हुन्छ।
– खुलेर हाँस्दा शरीरमा राम्रोसँग रक्तसञ्चार हुन्छ।
– हाँस्दा हाम्रो शरीरमा अक्सिजनको मात्रा पुग्छ र मुटु स्वस्थ हुन्छ।
– दिल खोलेर एक घण्टा हाँस्दा शरीरको मांसपेशीलाई बलियो बनाउँछ।
– हाँस्दा अनुहारको मांसपेशीको कसरत हुन्छ र जसले गर्दा निधार चाँडै चाउरी पर्दैन।
– हाँसोले रक्त नलीको कार्य सहज हुन्छ। जसले गर्दा हृदयाघात हुने र मुटुमा अन्य विभिन्न प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ।
– हाँस्ने बानीले मस्तिष्क लगायत शरीरका विभिन्न अङ्गमा अक्सिजन आपूर्ति गर्छ। यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउन मद्दत गर्छ।
– हाँस्ने बानीले बिना तनाव कुनै पनि अप्ठेरासँग जुध्ने क्षमतामा वृद्धि गराउँछ।
– हाँस्दा तनाव कम हुनुका साथै हर्मोनलाई घटाएर प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि हुन्छ।
– हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्छ।
– हाँसोले मांसपेशीलाई आराम दिलाउन समेत मद्दत गर्छ।

प्रकाशित मिति: बैशाख १५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend