Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः तीन महिनापछि प्रतिनिधिसभा बैठकमा पुगे रवि लामिछाने

हाम्रो कोशी आवाज
बैशाख १५ २०८०, शुक्रबार
अन्ततः तीन महिनापछि प्रतिनिधिसभा बैठकमा पुगे रवि लामिछाने

धरानः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने प्रतिनिधि सभा बैठकमा फर्किएका छन्। उनी प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएपछि प्रतिनिधि सभा बैठकमा फर्किएका हुन्।
गत २०७९ मंसिर ४ मा भएको निर्वाचनमा पनि उनी चितवन-२ बाट निर्वाचित भएका थिए। निर्वाचनपश्चात् उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए। उनी गृहमन्त्रीको हैसियतमा सरकारमा रहे पनि नागरिकता सम्बन्धी प्रकरणमा गत माघ १३ गते उनको सांसद् पद खारेज भएको थियो।
यस्तै, पुन वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट नै भारी मतले उनी निर्वाचित भएका हुन्। सांसद लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।
सभापति लामिछानेले आज सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताए ।
उनले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको बताए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति: बैशाख १५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend