Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोनमा चुनाव, स्वीकृत श्रेष्ठ र निश्चल तामाङ बहुमतले निर्वाचित

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
धरानको सियोनमा चुनाव, स्वीकृत श्रेष्ठ र निश्चल तामाङ बहुमतले निर्वाचित

धरानः ‘शैक्षिक सफलता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराकासाथ अगाडि बढेको धरान–१६ स्थित सियोन स्कुल सुनसरी १४ औं वर्षमा प्रवेश गरेको छ ।
यसैबीच स्कुलले नेतृत्व विकास र सामाजिक ज्ञान अभिवृद्धिका लागि स्कुलका क्याप्टेन र भाइस क्याप्टेन पद छनौटका लागि चुनाव सम्पन्न गरेको छ । ब्लु हाउस, ग्रीन हाउस, रेड हाउस र येलो हाउसका क्याप्टेन र भाइस क्याप्टेन पनि छनौट गरिएको थियो । स्कुल क्याप्टेनमा कक्षा ९ समूह ‘बी’ का निश्चल तामाङ र भाइस क्याप्टेनमा कक्षा–९ समूह ‘ए’ का स्वीकृति श्रेष्ठले बहुमत प्राप्त गरी विजय हासिल गरेको निर्वाचनका मतदान अधिकृत सामाजिक विषयकी शिक्षिका सङ्गीता राईले बताइन् ।
चुनावमा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले उत्साहका साथ भोट गरे र आफूलाई सक्षम लागेको नेतृत्व चायन गर्न पाएकोमा धेरै रमाइलो लागेका अनुभवहरू विद्यार्थीहरूले सुनाए । छनौट भएका विद्यार्थीले यो शैक्षिक सत्र २०८० सालको अन्तिम शैक्षिक सत्रसम्म नेतृत्व गर्नेछन् । निर्वाचन प्रणाली भनेको के हो ? र निर्वाचन प्रक्रिया कसरी पूरा हुन्छ ? भन्ने विषयमा जानकारी दिन यस्तो खालको अतिरिक्त क्रिmयाकलापको आयोजना गरिएको निर्वाचन आयुक्त सामाजिक शिक्षिका सिर्जना लिम्बूले बताइन् ।
सियोन स्कुल अध्ययन–अध्यापनका लागि सम्पूर्ण पूवाधार र दक्ष जनशक्तिले सम्पन्न पूर्वको एउटा शैक्षिक गन्तव्य केन्द्र बन्दै गएको छ । सियोनले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षालाई आत्मसात गर्दै विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिने गरेको छ ।

 

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend