Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाली क्रिकेटमा ऐतिहासिक दिन, एसिया कपका लागि छनोट

हाम्रो कोशी आवाज
बैशाख १९ २०८०, मंगलबार
नेपाली क्रिकेटमा ऐतिहासिक दिन, एसिया कपका लागि छनोट

धरान :नेपाल एसिया कपका लागि छनोट भएको छ।
मंगलबार एसीसी प्रिमियर कपमा यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो।
नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले। भीम सार्कीले ३६ रनको नटआउट पारी खेले।
वर्षाका कारण सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा भएको थियो। जसमा यूएईले ११७ रन बनाएको थियो।। ११८ रनको लक्ष्यमा ब्याटिङ गरेकझो नेपालले
सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले सेप्टेम्बरमा एसिया कप खेल्ने भएको छ।

प्रकाशित मिति: बैशाख १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend