Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तस्वीरमा धरानको भानुचोकमा साकेलाको रौनक

हाम्रो कोशी आवाज
बैशाख २३ २०८०, शनिबार
तस्वीरमा धरानको भानुचोकमा साकेलाको रौनक

धरानः वैशाखे पूर्णे अर्थात् उभौली चाडको रौनक किराती समुदाय बाहुल्य क्षेत्रहरूमा बढेको छ ।
उभौलीलाई राईहरुले साकेला उभौली, लिम्बूहरूले यक्वा तङनाम, याक्खाहरूले युच्याङ र सुनुवार जातिले फोल ष्याँदर भनी मनाउने गरेका छन् । राईहरूले भने बैशाखे पूर्णेको दिनदेखि कम्तीमा १५ दिनसम्म चोक चोकमा साकेला नाच्ने गरेका छन् ।
यसैबीच शनिबार भानुचोकमा नाचियो साकेला । विशेषतः किरात समुदायको महान् चाड साकेला उभौलीका अवसरमा भानुचोकमा साकेला उभौली पर्व मनाइएको हो । यस वर्षपनि ‘कोशी प्रदेश खारेजीको माग राख्दै किरात प्रदेशलाई जोडदाररुपमा उठाइयो ।
साकेला उभौली सृष्टिकालदेखि प्रकृति र मानव उत्पत्तिको कथा बोकेको किरात समुदायमा मुन्धुमको महत्वपूर्ण स्थान रहेको छ । मुन्धुम शब्दको अर्थ ‘मु’ भनेको आगो र ‘दुम’ भनेको हिँड्नु हो । यसको किरात समुदायमा मुन्धुमको अर्थ उज्यालोतिर लाग्नु भन्ने हुन्छ । यस अर्थले सम्पूर्ण किरात समुदाय उज्यालोतिर अर्थात् राम्रो मार्गतिर जाने हुन्छ । मौलिक साँस्कृतिक पहिरनमा युवायुवती, केटाकेटी र वृद्धवृद्धाहरू साकेला नाच्न लालायित हुन्छन् । ढोल र झ्याम्टा गुञ्जिन थालेपछि अब खेतीपाती गर्ने समय शुरु भएको संकेत पनि भएको हो ।
यायोख्खा सुनसरीको अनुसार उभौली पर्व आउँदो जेठ ६ गते धरान १७ स्थित साकेला पार्कमा समापन हुनेछ ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: बैशाख २३ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend