धरानः नेपाली कांग्रेसले धरानलगायत सुनसरी क्षेत्र नं. १ मै प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
दुई वडा समितिबाहेक २५ वडाका ३ हजारभन्दा बढीलाई यस्तो प्रशिक्षण दिइएको हो । सुनसरी निर्वाचन क्षेत्र नं.१ को २७ वडामध्ये वडा नं. १३ र १८ मा केही प्राविधिक कारणबाहेक अन्य २५ वडामा तीन हजार भन्दा बढी कार्यकर्ताहरुको सहभागितामा कांग्रेस क्षेत्रीय समितिले बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गरेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङ गोलेले जानकारी दिए ।
वडा कार्य समितिहरूको व्यवस्थापन र प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल शिक्षक संघको प्राविधिक सहयोगमा प्रशिक्षण कार्यक्रम आयोजना भएको हो । सभापति तामाङले वैशाख ५ गते बसेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ बैठकले एकैदिन एकै समय वैशाख २३ गते वडा वडामा बृहत् प्रशिक्षण गर्ने निर्णय गरेको जानकारी दिपए । वडाका टोल समिति, वडा समिति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, साधारण सदस्य, भातृ, तथा शुभेच्छुक संस्था, शुभ चिन्तक, जनप्रतिनिधि तथा जनप्रतिनिधिका प्रत्याशी र वडाका पार्टी, भातृ एवम् शुभेच्छुक संघ, संस्थाका नेतालाई सहभागी गराएर प्रशिक्षण दिएको उनले बताए ।
प्रशिक्षणमा नेपाली कांग्रेसको इतिहास, नेपाली कांग्रेसको विकास, नेपाली कांग्रेसले जनताको पक्षमा गरेको आन्दोलन, जनताको पक्षमा गरेको कामलगायत नेपाली कांग्रेसको विधान, संस्थापक नेताहरूको जीवनी, सङ्घर्ष, योगदानको बारेमा क्षेत्र नं. १ भरीका वडाका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सभापति तामाङले बताए । कार्यक्रताहरुलाई उत्साह जगाउन र नेताहरूलाई सक्रिय बनाउन प्रशिक्षणको दिएको सभापति तामाङको बताए ।
नेपाली कांग्रेसका प्रदेश नम्बर –१ का महामन्त्री उमेश थापाले कांग्रेसको संगठनात्मक संरचना, वर्तमान राजनीतिक अवस्थामा भूमिका, गठबन्धन सरकारको काम र समष्टिगतरुपमा अहिलेको राजनीतिक अवस्थाबारे कार्यकर्तालाई जागरुक गराउन, संगठन विस्तार गर्नको लागि र विगतमा चुनाव पश्चात् जनतासमक्ष कांग्रेस घर घरमा जानको लागि के कस्ता कार्यक्रम लिएर जाने भनेर यो प्रशिक्षण महत्वपूर्ण र आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा कोशी प्रदेश १ सुनसरी १ र २ का सचिव युवराज शंकरले पनि प्रशिक्षणको महत्व र आवश्यकताबारे प्रकाश पार्दै विगतमा भएको कार्यकर्ताप्रति पार्टीप्रतिको वितृष्णालाई पुन जगाउन र संगठनलाई मजबुत पार्न पनि यो प्रशिक्षणको महत्वपूर्ण रहेको बताए ।
प्रशिक्षणमा प्रशिक्षक प्राध्यापक संघका प्रतिनिधि एवं प्राध्यापक बद्री तामाङ रहेका थिए । नेपाली कांग्रेस धरान–१५ का बुथ सभापति डम्बर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्ला सहसचिव गणेश सुब्बाको समेत उपस्थिति थियो ।
तस्वीरः लक्ष्मण थापा

