Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्मी बढेसँगै मौसमी रोगको संक्रमण बढ्दो

हाम्रो कोशी आवाज
बैशाख २७ २०८०, बुधबार
गर्मी बढेसँगै मौसमी रोगको संक्रमण बढ्दो

धरानः पछिल्ला केही दिनयता मुलुकका विभिन्न स्थानमा गर्मी बढेको छ । गर्मी बढेर आएको मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण पनि देखा पर्न थालेका छन् । गर्मीसँगै मौसमी रोगको संक्रमण पनि बढ्न थालेको छ ।
सामान्यतया नेपालमा वर्षमा दुईपटक मौसमी रोग देखिने गर्दछ । जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर मौसमी भाइरलका कारण हुने विमारी बढ्ने गरेको चिकित्सकहरु बताउँछन् । यस समयमा रूघाखोकीलगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने संक्रमणका बिरामीहरु बढ्ने गर्दछन् ।
वर्षा हुने र गर्मी बढ्ने समयमा बिरामीलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्ष्ण देखिन्छन् । त्यस्तै, गर्मी महिनामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी, किर्नाबाट सर्ने स्क्रपटाईफासलगायतका संक्रमणको सम्भावना पनि उत्तिकै हुन्छ । अहिले गाम्रीण क्षेत्रमा मुसाको पिसाबबाट लाग्ने लेक्टोस्पारोसीस रोग तथा तराईका क्षेत्रहरुमा सर्पदंशका बिरामी पनि बढेका छन् भने ज्वरो, टाइफाईड, स्क्रबटाफसका बिरामीहरु पनि बढ्दै छन् ।
त्यस्तै, डेंगी लागेको शंकामा अस्पताल पुग्ने कतिपय बिरामीलाई मौसमी रोग लागेको देखिएको छ । खानपान र सरसफाईमा ध्यान पुर्‍याउन सके यस्ता रोगबाट बच्न सकिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कम हुने भएकाले संक्रमण बढ्ने चिकित्सकहरुले बताएका छन् । बासी, सडेगलेका खानेकुरा नखाने, सफा पानी पिउने, घाममा धेरै बाहिर ननिस्कने तथा विरामी भइहालेपनि जथाभावी औषधीहरु सेवन नगर्न चिकित्सक सुभाव दिन्छन् ।

प्रकाशित मिति: बैशाख २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend