Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१० नेपाली सेनाद्धारा सफा हिमाल अभियान ,सगरमाथाको सफल आरोहण

हाम्रो कोशी आवाज
जेष्ठ १ २०८०, सोमबार
१० नेपाली सेनाद्धारा सफा हिमाल अभियान ,सगरमाथाको सफल आरोहण

धरान: नेपाली सेनाको सफा हिमाल अभियान टोलीका १० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुसहितको टोली आइतबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनीहरूसँगै टोलीमा सहभागी ओङ्‍छु शेर्पा लगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।
नेपाली सेनाको अगुवाइमा संचालन भइरहेको सफा हिमाल अभियानमा १० जनाको टोली संलग्न छ । यसअघि वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।
गत चैत्र १४ गते जङ्गी अड्डामा आयोजित कार्यक्रममार्फत प्रधान सेनापति प्रभुराम शर्माले झन्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ भएको थियो । अभियान टोलीले अन्नपूर्ण र सगरमाथाबाट करिब ३५ हजार किलो फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ । जसअनुसार हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर सङ्कलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुने सेनाले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend