धरान: बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भित्रका व्यथितिहरु बारेमा बेलाबखत बाहिरिने र त्यसको खबरदारी , सजग गराउने सवालमा धराने जनता, विभिन्न राजनीतिक दल, बुद्धिजीवीहरु, र नागरिक समाजका अगुवाहरुले निरन्तर लागिनै रहेको अवस्थामा आज मंगलबार पनि नागरिक समूह धरानले भिसि उप कुलपतिको सट्टामा प्रतिष्ठानका रजिस्टार सुर्य प्रसाद सँग्रौलालाई ११ बुँदे ज्ञापन पत्र बुझाएकाछन ।
उक्त ज्ञापन पत्रमा उल्लेखित कुराहरुलाई बुँदागतरुपमा नागरिक समूह धरानका नेतृत्व लिएका राजेश खिम्दुङले वाचन गरे ।उक्त ज्ञापन पत्रमा धरान उपमहानगरपालिका भित्र पर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानव जीवन जस्तो अनि संवेदनशिल कुरा उपचार गर्ने क्रममा डाक्टरहरुको लापरवाहीको कारणले अकालमा ज्यान गुमाइरहेकोले गर्दा धेरै कुराहरु सुधार गर्नुपर्ने देखिएकोले तल उल्लेखित बुंदाहरु आम नागरिकहरुको हितको लागि हाम्रो मागलाई पुरा गरिदिन अनुरोध गर्दै बुँदामा
१. बेलाका नगरपालिका निवासी मदन राईलाई खकारमा रगत देखिएको हुनाले चेक जाँच गराउन ल्याउँदा विपि हाइ भन्दै ४ वटा इन्जेक्सन लगाई बेहोस भई मृत्यु भएको हुँदा डाक्टर र नर्सलाई कडा भन्दा कडा कारवाही होस र क्षतिपूर्तिको माग गर्दछौं ,।
२. विपि कोइराला हस्पिटलमा ५०५ उपचार खर्च कम गरियोस् ।
३. सवारी साधनहरु हस्पिटल क्षेत्रबाट हराइरहेको हुँदा हरेक पार्किङ क्षेत्रमा सि। सि। क्यामेरा जडान गरियोस् ।
४. कुरुवाहरुको सामान, मोबाइल र पर्सहरुसम्म हराइरहेको हुँदा हरेक ठाउँमा सिसि क्यामेरा राखी सुरक्षा गरियोस् त्यस्ता चोरहरुलाई कडा कार्बाही गरियोस् ।
५. हस्पिटल क्षेत्रमा मच्छरहर धेरै भएकोले समय समयमा दबाई छर्केर यसको अन्त गरियोस्।
६. हरेक वार्डहरुमा पिउने पानीको फिल्टर, एक्वागार्ड राखेर बिरामीहरुलाई तातो पानीको लागि इलेक्ट्रीक सिस्टमको व्यवस्था गरियोस् ।
७. इमर्जेन्सिमा ३० मिनेट भित्रमा सम्बन्धित डाक्टरहरु उपस्थित गराइयोस
८. विरामीहरुलाई राम्रो व्यवहार नगर्ने डाक्टर र नर्सहरुलाई कडा कार्बाही गरियोस् । नर्सहरुलाई धेरै ड्युटी नलगाइयोस् । आवश्यकता अनुसार विरामीहरु हेर्ने नर्सहरुको कमि नहोस् ।,
९. यो मेडिकल पसलबाट दबाई किनेरले भन्ने डाक्टरहरुलाई कडा कार्वाही गरियोस् ।
१०. तोकिएको समयमा अपरेशन गरियोस्, पटक पटक सार्ने र दुःख दिने काम नगरियोस् ।
११.इमर्जेन्सिमा ल्याएको सिकिस्त विरामीहरुलाई आई सि यु वा भेन्टिलेरमा राखेर उपचार गरियोस् । विराटनगर पठाउने काम नगरियोस् भन्ने कुरा रहेकोछ ।
सोही समयमा बीपी प्रतिष्ठानका रजिस्टार सुर्य प्रसाद सँग्रौलाले ज्ञापन पत्र बुझे पछि उपस्थित समुहलाई सम्बोधन गर्नेक्रममा बीपी प्रतिष्ठानलाई सबल बनाउनु पर्छ, सामुहिक ईपोटमा जानू पर्छ, यहाँ भित्र भएका कमि कमजोरीहरुलाई करेक्सन गरेर जानू पर्छ, हामी सुध्रिदै जानूपर्छ, नागरिकहरुको जीउधन, स्वास्थ्यमा कसैले हेलचेक्राई गर्नहुँदैन भन्ने जुन महान बुँदाहरु बोकेर आउनु पर्छ भन्दै धन्यवाद दिए। उक्त कुराको प्रतिष्ठानको ध्यानाकर्षण भएको बताउदै थपमा रजिस्टार संग्रौलाले मेरो करिबन ९ महिने कार्य अवधिमा यहाँका भित्र केही कुराहरु हाम्रो बिचमा एउटा संरचनालाई कसरी लएर जानुपर्ने सँगठनात्मक दृष्टिकोणमा प्रवलरुपमा अगाडि बढेकाछौ , केही कमि कमजोरीहरुलाई सुधार पनि गर्दै ,धेरै असहजिलोपनहरुछन, हाम्रा धेरै बाध्यताहरु छन त्यति हुँदाहुँदै पनि हामी जनताको स्वास्थ्यको कुरामा बोरु हामी खादैनौ बोरु तलब सलब लिदैनौ त्यतातिर ध्यानाकर्षण हुनेछ भन्दै निवेदन गर्दै रजिस्टार संग्रौलाले ज्ञापन त्पत्रमा आएका ११ वटै बुँदाहरुमा राखेका कुरामा कतिपय बुँदाहरु हामी आफैले समाधान गर्छौ भने कतिपय बुँदाहरु विभिन्न सेक्टरसँग कोर्डिनेशन गरेर समाधान गर्नेछौ भनी आश्वासन दिए । सोही समयमा राप्रपाका नेता अशोक राई अविरल राजनितिक पार्टीका नेता एवं सामाजिक अभियन्ता भूपि कोय राई, गंगा राई र मृगौला पिडित मुकेश अग्रवालका बहिनी पुजा अग्रवालले समेत विविध समस्याहरु राखेका थिए ।
तस्बिर – लक्ष्मण थापा
