Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

४५५ जना पुगे एक साताभित्र सगरमाथको शिखरमा

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०८०, आइतबार
४५५ जना पुगे एक साताभित्र सगरमाथको शिखरमा

सोलुखुम्बु: यो बर्षको वसन्त ऋतुमा साढे चार सय बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये लगभग ४५५ जनाले सगरमाथाको सफल आरोहण गरिसकेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी गराए ।
यस सिजनमा ४७८ जनाले अनुमति लिएका छन् । तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको संख्या अनुमति लिनेको संख्याभन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ ।
यस सिजनको आरोहण बैशाख ३० गतेबाट सुरु भएको हो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले बैशाख ३० गते दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको बाटो खुलेको थियो ।
सामान्यतया सगरमाथा आरोहणका लागि जेठ १५ सम्मको समय अनुकूल रहेको बताइएको छ । यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend