Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०८०, बिहिबार
घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

धरान: नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १३५७.५० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: जेष्ठ ११ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend