Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अबचाहिँ सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०८०, सोमबार
अबचाहिँ सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

धरानः सरकारले औषधीजन्य प्रयोजनको लागी गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै गाँजा खेतिको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका हुन् ।
मन्त्री महतले गाँजा खेतिको विषयमा अध्ययन गरिने घोषणा गर्दा संघीय संसदका सबै सदस्यले बेन्च बजाँउदै स्वागत गरेका थिए। अर्थमन्त्री महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने विषय सुनाएपछि सांसदहरूले टेबुल ठोकेर स्वागत गरेका थिए। त्यसपछि अर्थमन्त्री महत सांसदहरूको प्रतिक्रिया सुनेर हाँसेका थिए।

प्रकाशित मिति: जेष्ठ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend