Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसवर्ष ढिलोगरी मनसुन भित्रिने

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०८०, बुधबार
यसवर्ष ढिलोगरी मनसुन भित्रिने

धरानः नेपालमा यस वर्ष ढिलो गरी मनसुन भित्रिने पूर्वानुमान गरिएको छ ।
अहिले भारतमै मनसुन प्रवेश नगरेकाले नेपालमा ढिलो गरी प्रवेश गर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । भारतमा भित्रिएको करिब एक सातापछि मात्रै मनसुन नेपाल प्रवेश गर्छ ।
“मौसमका बारेमा धेरै दिनअघि नै यस्तै हुन्छ भनेर अनुमान गर्न कठिन त हुन्छ । तर, तत्कालै नेपालमा मनसुन भित्रने अवस्था देखिँदैन,“ प्रधानाङ्गले भने ।
उनका अनुसार नेपालमा सरदरमा जुन १३ मा मनसुन भित्रिने गर्छ भने अक्टोबर २ मा बाहिरिन्छ । “अहिलेसम्मको अनुमानानुसर यसपटक सरदर मितिभन्दा केही ढिलो मनसुन भित्रने देखिन्छ,“ उनले भने ।
नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रने गर्छ । क्रमशः पश्चिम पुगेर फेरि फर्केर पूर्वी भेगबाटै बाहिरिने छ ।
मौसमविद्ले यसपटक मनसुनमा सरदरभन्दा कम वर्षा हुने पनि अनुमान गरेका छन् । यसपटकको प्रिमनसुनमा भने अधिकांश स्थानमा सरदर आसपास वर्षा भएको छ ।
मौसमविद्का अनुसार मनसुनको खास प्रकृति लामो समय पानी (झरी) पर्ने हो । तर, केही वर्षयता फरक भएको छ । मार्च, अप्रिल र मे गरी तीन महिनाको अवधिलाई प्रिमनसुन मानिन्छ ।

प्रकाशित मिति: जेष्ठ १७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend