Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तराईमा तातो हावाको खतरा बढ्यो, सतर्कता अपनाउन आग्रह

हाम्रो कोशी आवाज
जेष्ठ २० २०८०, शनिबार
तराईमा तातो हावाको खतरा बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विशेष गरी तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (हिट वेभ) लाग्न सक्ने सम्भावना भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाले तराईमा मात्र होइन, पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम बढ्न सक्ने सम्भावना रहेको बताएको छ ।
केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा, मुख्यतयास् मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
शुक्रबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले तातो हावा तथा लु लाग्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने जनाएको छ ।
तातो हावा तथा लुबाट बच्न अत्यधिक गर्मीका बेला सकेसम्म घरभित्रै अथवा चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: जेष्ठ २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend