Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ख्याल गरौं है ! गर्मी मौसममा स्वास्थ्य समस्या बढी हुन्छ

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८०, आइतबार
ख्याल गरौं है ! गर्मी मौसममा स्वास्थ्य समस्या बढी हुन्छ

डा. प्रशान्त त्रिपाठी
हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । अर्कोतिर झिँगा फैलने, लामखुट्टेले टोक्ने, साङ्लाले दुख दिने पनि गर्मी याममै हो ।
यद्यपी यो मौसमको खराबी होइन, हामीले मौसम अनुसार आफुलाई तयार राख्न नसकेका मात्र हौं । गर्मी-जाडो प्राकृतिक चक्र हो । यो बर्षौदेखि निरन्तर र नियमित छ । अतः गर्मीमा पनि आफुलाई कसरी फिट एन्ड फाइन राख्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ ।
गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय
यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिसको समस्या देखिन्छ। सँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजार देखिन सक्छ। गर्मी मौसममा हुने सङ्क्रमण र बच्ने उपायहरू के के हुन् ?
गर्मी मौसममा देखा पर्ने समस्या के के हुन ?
यो मौसममा धेरै एलर्जीको समस्या देखिन्छ। साथै तापक्रम बढ्दै जाँदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखाला बढ्दै जान्छ। तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोग जस्तो डेंगु, हात्तीपाइले लगायतका रोगहरू लाग्छ सक्छन्। दूषित पानी तथा बासी सडेगलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँ जस्ता रोग लाग्छन्। यो मौसममा झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँका खानाले र आफ्नो पनि शरीर वरपरको वातावरणको राम्रो सफाइ नगर्दा यस्ता रोग सर्ने गरेको पाइन्छ। साथै यो मौसममा रुघा लाग्ने, खोकी लाग्ने, हाछ्यु लाग्ने, छालामा डाबरहरू बस्ने हुनसक्छ। तर कतिपयमा एलर्जी भएर दमको समेत हुने पनि हुनसक्छ।
यस्ता समस्याले बालबालिकामा कस्तो असर गर्छ ?
मौसमी फ्लुहरू एकबाट अर्कोमा सर्दै जाने रोग हुन्। यो आफ्नो कारणले हुने हो। आफूले स्वास्थ्य सफा गरेन भने र सङ्क्रमित व्यक्तिको संसर्गमा पर्याे भने एकबाट अर्कोमा सर्दै जाने हुन्छ। सरसफाइमा लापरबाहीका कारणले पनि रुघा झाडापखालाजस्ता रोग लाग्ने गरेको पाइन्छ। जस्तो हात राम्ररी नधुँदा, ट्वाइलेट सफा नहुँदा पनि यस्तो हुन्छ। त्यसैले, अभिभावकले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
सङ्क्रमित रोगबाट कसरी बच्ने त ?
यो मौसममा लाग्ने संक्रामक रोगबाट बच्न विभिन्न उपाय हुनसक्छन्। जसलाई यसरी उल्लेख गर्न सकिन्छ।
दूषित पानीको सेवन नगर्ने
गर्मी मौसममा धेरै ठाउँको पानी शुद्ध हुँदैन। हामीले पानीलाई राम्ररी उमालेर मात्र पिउनु पर्छ। साथै राम्ररी फिल्टर गरेर सफा र किटाणुरहित बनाएर पनि खान सकिन्छ।
साबुन पानीले हात धुने
हामीले जहिले पनि समय समयमा हात धोइरहनु पर्दछ। जस्तो खानाखानु अघि साबुन पानीले सफासँग मिचीमिची अनिवार्य रूपमा हात धुनुपर्छ। शौचालय वा बाहिर कतै सार्वजनिक स्थलमा गएर आएपछि पनि राम्ररी हात गोडा धुने गर्नुपर्छ।
बाहिरी खाना नखाने
सकेसम्म बाहिरका खाना कम खानुपर्छ। यदि बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने। सडे गलेको तथा बासी खाने कुरा नखानु नै एउटा उपचार हो। जसले गर्दा सङ्क्रमित रोगबाट बच्न सकिन्छ।
व्यक्तिगत सफाइमा ध्यान दिने
सबै भन्दा पहिलो कुरा त हामी आफैले आफ्नो सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ। शारीरिक व्यायाममा ध्यान दिने, खानपानमा ध्यान दिने गर्नुपर्छ। साथै घरवरिपरिको वातावरण पनि सफा राख्नुपर्छ।
लामखुट्टेको टोकाइबाट बच्ने
झुल लगाएर सुत्ने, पूरा बाहुलायुक्त लुगा लगाउने झ्याल ढोकामा जालीको प्रयोग गर्ने, कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने। यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ। घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुन्छ ।
साथै मौसमी रोगबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ। तरकारी फलफूलहरू राम्रोसँग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर खानुपर्छ। हामीले दैनिक प्रयोग गर्ने भाँडाकुडा पनि दैनिक रूपमा नै सफा हुनु जरुरी छ। साथै लामो समय आफूलाई समस्या भइराख्यो भने तुरुन्त चिकित्सकलाई भेटेर उपयुक्त सल्लाह लिनु जरुरी हुन्छ।
गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाई शीतलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ ।
त्यसैले गर्मीको समयमा हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी भएको स्वास्थ्यविद्हरू बताउँछन् ।
गर्मी समयमा तेलमा तारेको र भुटेको खाना खानुहुँदैन । पकाएर लामो समयसम्म राखेको खाना र बासी खाना खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ । यस्तै, जाँडरक्सी तथा धूमपानको सेवन गर्मीयाममा अझ बढी हानिकारक मानिन्छ ।
तरभुजा, खरभुजा, काँक्रो, लिची, स्याउजस्ता मौसमी फलफूल खानुपर्छ, जसले शरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थ, आइसक्रिमको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।
गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको छ । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहन चिकित्सकहरूको सुझाव छ ।
तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वास-प्रश्वासमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend