Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालले जित्यो मलेसियासँगको टी-२० सिरिज

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८०, आइतबार
नेपालले जित्यो मलेसियासँगको टी-२० सिरिज

धरान: नेपाल मलेसियाविरुद्धको टी-२० सिरिज जितेको छ । आइतबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि नेपालका लागि सिता राना मगरले ३४, कप्तान रुविना क्षेत्री २३, अप्सरी वेगम १५ र ज्योति पाण्डेले अविजित ११ रन बनाए ।
यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् ।
विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् ।नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिइन् ।
पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नेपालले ३-२ ले जित्यो ।
पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

प्रकाशित मिति: जेष्ठ २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend