Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले भारत भ्रमण र नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिने

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०८०, सोमबार
प्रधानमन्त्रीले भारत भ्रमण र नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिने

धरान: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार भारत भ्रमण र नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
गत २० गते चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् । भ्रमणका क्रममा सीमाका विषयमा प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको साथै भ्रमणमा जानु केही घण्टाअघि मात्रै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विपक्षी दलले आइतबारको प्रतिनिधि सभा बैठक अवरूद्व गरेका थिए । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि प्रधानमन्त्रीले आज जवाफ दिने भएका हुन् ।

प्रकाशित मिति: जेष्ठ २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend