Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्मीमा के-के खाने ?

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०८०, मंगलबार
गर्मीमा के-के खाने ?

गर्मीमा मानिसलाई ज्वरो, पखाला र बान्ता हुन्छन् । घाम र तातो हावाका कारण मानिस यस्ता समस्याबाट ग्रसित हुन्छन् । ज्वरो, बान्ता र पखालाका कारण शरीरमा पानीको कमी हुन्छ । यस्तो अवस्थामा थकान, कमजोरी जस्ता लक्षणहरू अनुभूति हुन्छ ।
गर्मीमा मानिसले भुटेको खानेकुरा, जंकफुड र फास्टफुड खाने गरेको पनि पाइन्छ । गर्मी मौसममा तरल पदार्थ मात्रै खाने इच्छा हुन्छ । यदि तपाईं गर्मीमा कम ऊर्जा महसुस गर्दै हुनुहुन्छ भने खाने कुरामा ध्यान दिनुहोस् । केही यस्ता खानेकुरा छन् जसले शरीरमा पानीको मात्रा बढाउँछ । यी चिजको नियमित सेवनले पानीको कमी हट्छ । साथै कमजोरी र थकान कम हुन थाल्छ। जानौं गर्मीमा खाने चिजहरू ।
खरबुजा
गर्मीमा धेरै मानिसले खरबुजा खान मन पराउँछन् । वास्तवमा खरबुजामा पानीको मात्रा धेरै हुन्छ । यसले शरीरको तापक्रम नियन्त्रण गर्छ । शरीर हाइड्रेटेड रहन्छ । खरबुजामा पौष्टिक तत्व पाइन्छ जसले तपाईंलाई ऊर्जा प्रदान गर्छ । त्यसैले गर्मीमा खरबुजा खानु राम्रो हुन्छ ।
जामुनो
जामुनो पनि गर्मी मौसममा मन पराएर खाइन्छ । जामुनोमा फ्लेभोनोइड्सको मात्रा बढी हुन्छ जसले धेरै गम्भीर रोगबाट बच्न मद्दत गर्छ । जामुनोले शरीरलाई ऊर्जाशील बनाउँछ । गर्मीमा तपाईंले स्ट्रबेरी, ब्लुबेरी र रास्पबेरी खान सक्नुहुन्छ ।
तरकारी खानुहोस्
तरकारी हरेक मौसमको लागि आवश्यक छ । गर्मीमा लौका र ब्रोकाउली खान सकिन्छ । यी तरकारीमा पानीको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरमा हाइड्रेटेड रहन्छ । यसका साथै यी तरकारीमा पोटासियम पनि प्रचुर मात्रामा पाइन्छ । यो पौष्टिक तत्वले शरीरमा ऊर्जाको स्तर कायम राख्न मद्दत गर्छ ।
चना, केराउ उमारेर खानुहोस्
गर्मीको समयमा तपाईं आफ्नो खानेकुरामा अंकुरीत खानेकुरा समावेश गर्न सक्नुहुन्छ । तपाईं चना, केराउ, मूंग उमारेर खान सक्नुहुन्छ । यसमा भिटामिन र खनिज हुन्छ । विशेष गरी दैनिक बिहान खाउनुभयो भने पर्याप्त ऊर्जा प्राप्त हुन्छ । शरीरको कमजोरी र थकान पनि हट्छ ।
सलाद
सलाद सधैं खानुपर्छ । तर गर्मीमा सलाद खानु निकै जरुरी हुन्छ । गर्मीको खानामा सलाद समावेश गर्नुपर्छ । काँक्रो, मुला, टमाटर र प्याजको सलाद खान सकिन्छ । यसले तपाईंलाई पर्याप्त मात्रामा पानी, भिटामिन र खनिजहरू दिन्छ । जसको कारणले तपाईंलाई ऊर्जा र शक्ति प्राप्त हुनेछ । यसका साथै शरीरमा पानी पनि भरिनेछ ।

प्रकाशित मिति: जेष्ठ २३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend