Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका चेलीको धनभन्दा मन ठूलो, इजरायलमा पसिना बगाएर सहयोग

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०८०, शुक्रबार
धरानका चेलीको धनभन्दा मन ठूलो, इजरायलमा पसिना बगाएर सहयोग

धरानः धरान निवासी ठूलीचन्द्रकला कोयी राई र कंसिस बान्तवा राईले वृद्धाश्रमका लागि सहयोग गरेका छन् ।
विदेशी भूमि इजरायलमा कार्यरत् उनीहरुले धनकुटाको तमोरस्थित विश्रान्तिमा रहेको वृद्धाश्रममा सहयोग गरेका हुन् । उनीहरुले मनैदेखि, स्वच्छ भावनाले आफूले सहयोग गरेको बताएका छन् ।
उनीहरुले आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेका हुन् । पूर्वाञ्चल डिविआर टिभीका सञ्चालक दिलबहादुर राईको संयोजनमा एकछाक खाना खुवाउनुका साथै नयाँ लुगा समेत वितरण गरिएको थियो । त्यहाँ रहेका ४५ जना वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै लुगा, चामल, दाल, नुन, तेल, चिनी, फलफूल समेतका लागि रकम पठाएको पूर्वाञ्चल डिविआर टिभीका सञ्चालक राईले जानकारी दिए । उनका अनुसार उनले पठाएको रकमले ती सामग्री किनेर हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
उनीहरुले विदेशमा दुःख र परिश्रम गरेर कमाएको केही रकम सामाजिक कार्यमा पनि लगाउँदै आएकी छिन् । उनीहरु लगभग १३ वर्षदेखि त्यहाँ कार्यरत् रहेका छन् । इजरायलमा रहेर दुःख, पसिना बगाउँदै परिश्रममै लिप्त ठूलीचन्द्रले वर्षेनीजसो विभिन्न स्थानका असहाय, दिनदुःखी, गरिबहरुको लागि सहयोग गर्दै आएकी छिन् ।
विश्रान्तिका सञ्चालकहरुले विदेशी भूमिमा पसिना बगाएर ठूलीचन्द्रले यस्तो पवित्र थलोमा सहयोग गरेर पुण्यको काम गरेको बताएका छन् ।
उनीहरुले नेपाल आएर वृद्धवृद्धाहरुसँग जन्मदिन मनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘विभिन्न बाध्यता र परिस्थितिले आज हामी विदेशी भूमिमा भएपनि मेरो तनमन सधै नेपालमै हुने गर्दछ । त्यसैले नेपालको माया र नेपालीको दुःख हाम्रो नजरमा घुमिरहेको हुन्छ ।’ उनीहरुले पठाएको सन्देशमा भनिएको छ– नेपाल आएर वृद्धवृद्धा, असहायहरुसँगै जन्मदिन मनाउने प्रण गरेका छौं ।’
ठूलीचन्द्रले सेवा नै धर्म भएको बताउँदै स्वच्छ मनले नै सहयोग गर्दै आएको बताइन् । ‘मेरो जन्मदिनमा तपाईहरुलाई मैले धेरै सहयोग त गर्न सकिन मेरो बलबुत्ताले भ्याएसम्म सहयोग गरेकी छु । जीवनमा संघर्ष गर्दागदै पनि अप्ठयारोमा परेका मानिसहरुलाई सेवा गर्नु नै धर्म हो जस्तो लाग्छ, त्यसैले म विदेशी भूमिमा दुःख गरिरहेतापनि मैले कमाएको केही हिसा समाज सेवामा खर्च गदै आएकी छु ।’
उनले यसअघि इटहरीस्थित वृद्धाश्रम, धरान–३ स्थित सरस्वती बालआश्रम र धरान–१ स्थित धरान पुनस्थापना केन्द्रलाई सहयोग गरेकी थिइन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न, स्वास्थ्य सामग्री प्रदान गरेकी थिइन् । यस्तै, उनले जन्मदिनमा क्यान्सरपीडित चक्रघटीकी चम्पामाया राईलाई ३० हजार बराबरको नगद र खाद्यान्न समेत सहयोग गरेकी थिइन् ।

उनीहरुको सन्देश जस्ताको त्यस्तै
म प्रदेशी चेलीको सानो सन्देश
बिश्रान्ति आश्रम धनकुटा १० मुलघाटमा रहनुहुने तपाई आमा बुबा काका काकी दाजु दिदीहरु साथै आश्रम संचालन गरेर बृद्धा बृद्ध आमा बुबालाई सहयोग र साथ दिनु हुने तपाई सञ्चालक समितिका पदाधिकारीहरु एंव आश्रमलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरुमा म प्रदेशी चेली ठुलीचन्द्रकला कोयी राईको तर्फबाट सेवा सेमुना हौवा दर्शन नमस्कार
आजकै दिन जेठ २५ गते जुन ८ तारिकका दिन मलाई मेरो भगवान आमा बुबाले संसार देखाउनु भएको दिन हो । अर्थात मेरो जन्म उत्सव हो । बाध्यता र परिस्थितिले बिदेशी भूमिमा कार्यरत भएतापनि म नेपाली चेली हुँ । विदेशी भूमिलाई कार्यथलो बनाएर बसोबास गरेको पनि आज १२ – १३ वर्ष भएछ । म ईजराईलमा रोजीरोटीको लागि बसेपनि नेपालमा रहनु हुने पत्रकार दिल बहादुर राई संगको सहकार्यमा धेरै दिन दुखीको आँशु पुछ््ने प्रयास गरेकी छु । मेरो जन्म उत्सब बाहेक पनि नेपालमा भएका अपाङ्ख असाय पिडित र बुद्धा बुद्धहरुलाई नगद,खाद्यन्य र लत्ताकपडा दिएर सहयोग गदै आएकी छु । म विगत १३ वर्ष देखि ईजराईलमा कार्यरत छु । हाल मेरो घर सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वार्ड नंं. ११ मा छ ।
मेरो पुखौलाी जन्म थलो खोटाङ रावा खोला सुङ्देल (६ खाजुमा हो । मेरो बाल्यकाल त्यही जन्मस्थलमै दाउरा घाँस मेलापात उकालीओराली गदै माध्यमिक तहको पढाई बाक्सिलामा सकाएर उच्च शिक्षा हासिल गर्न म धरान आए । धरान आएर उच्च शिक्षा अध्यायन गर्दा गदै नेपालको बेरोजगारीका कारण म बिदेशी भूमिलाई कार्यथलो बनाउन बाध्य भए । यहाँहरुलाई थाहै छ नेपालको अवस्था के कस्तो छ भनेर , म बिदेशमा भएतापनि आज मेरो जन्म दिन परेकाले नेपालमा रहनुहुने पत्रकार दिल बहादुर राई संगको सहकार्यमा अहिले म धनकुटाको मुलघाट यहाँहरुको काँखैमा छु जस्तो लाग्छ । मलाई देख्नु भयो त ? मलाई मनको आँखाले देख्नु भएन भने ब्यानरमा हेर्नु त मैले तपाहरुलाई नमस्कार गरीरहेकी छु त ?
मानिसको जिवन यस्तै नै रहेछ तपाई हामीले जन्म लिएपछि अवश्य एक दिन मरेर जानु नै पर्ने रहेछ , मानिस नमर्ने शहर खै कहाँ होला र कोही अघि त कोही पछि आखिर मृत्यु त अवश्य नै सबैको हुदोरहेछ । मर्नु पर्छ भन्ने जान्दा जान्दै यो दुनियमा मान्छेहरुले खै किन असल बाटो छाडेर कुकार्य तिर लाग्छन् ? आजको दिन तपाईहरुलाई मैले एक छाक खाना खुवाएर मेरो कथा सुनाउन खोजेकी होइन एक पटक सोच्नुहोस त ? तपाई हामी खाली हात मुठी बाँधेर यो धर्तीमा आएका हौं जादा खाली नै मुठी खोलेर जान्छौं आएको एक्लै हो आखिर जाने पनि त एक्लै नै हो नि होइन र
मैले यहाँहरुलाई एक छाक खाना खुवाएर ठुलो काम गरे जस्तो त लाग्दैन तर यहाँहरु बृद्धा आश्रममा बसेकाले मेरो जन्म दिनको अवसर पारेर एक छाक खाना र एक सरो फेरफार गरी दिन सक्दा मेरो आत्मलाई शान्ती मिल्छ । त्यसैले यस पटकको जन्म उत्सब तपाईहरु संग धनकुटाको मुलघाटमा मनाउने योजना बनाए , यसमा मलाई सहयोग र सल्लाह दिनु हुने पत्रकार दिल बहादुर राई अहिले तपाईहरु संग उभिरहनु भएको छ । उहाँको सल्लाह र सहयोगमा आजको कार्यक्रम यहाँ तय गरेका हौं । हजुरलाई ठुलो सहयोग गर्न नसकेपनि एक छाक दिवा खाना र एक , एक वटा टिसर्ट उपलब्ध गराएकी छु । भनिन्छ दिनेले थोरै दिएपनि धेरै दिए जस्तो लाग्छ रे त्यस्तै लिनेले धेरै लिएपनि थोरै लिए जस्तो लाग्छ रे मैले सुनेकी कुरा , हजुरहरु र म मा त्यस्तो नहोस् है , मैले स्व ईच्छाले यहाँहरुलाई सहयोग गरेकी हुँ । म बिदेशमा छु, नेपाल आएपछि पत्रकार दिल बहादुर राई संग हजुहरुलाई भेट्न अवश्य मुलघाट आउनेछु । हाम्रो भेट होस् यहाँहरुको अशिरवाद्को अपेक्षा गरेकी छु ।
आश्रमको बारेमा पत्रकार राईले धेरै कुरा भन्नु भएको छ मैले सबै कुरा यस सन्देशमा राख्न सकिन , यहाँहरुको शु–स्वास्थ्य दिर्घायुको कामना गदै आश्रम सञ्चालन समितिका पदाधिकारीहरु, यस कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरु साथै यो मेरो सानो सहयोगलाई समाचारको रुप दिन समाचार संकलनका लागि मुलघाट सम्म जानु हुने सम्पूर्ण पत्रकार ज्यूहरुलाई धेरै धेरै धन्यवाद , मैले गर्ने समाज सेवालाई नेपालमा बसेर सहयोग र सहकार्य गर्नु हुने पत्रकार दिल बहादुर राईलाई बिषेश धन्यवाद दिदै तपाईहरुको चेली ठुलीचन्द्रकला कोयि राई बिदा हुन्छु हस् त सेवा सेमुना हौवा दर्शन नमस्कार
त्यस्तै , अर्की चेली कंसिस वान्तवा राईके सानो सन्देश
बिश्रान्ति आश्रम धनकुटा १० मुलघाटमा रहनुहुने तपाई आमा बुबा काका काकी दाजु दिदीहरु साथै आश्रम संचालन गरेर बृद्धा बृद्ध आमा बुबालाई सहयोग र साथ दिनु हुने तपाई सञ्चालक समितिका पदाधिकारीहरु एंव आश्रमलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरुमा म प्रदेशी चेली कंसिस वान्तवा राईकोे तर्फबाट सेवा सेमुना हौवा दर्शन नमस्कार
आजकै दिन जेठ २५ गते जुन ८ तारिकका दिन मलाई मेरो भगवानरुपी आमा बुबाले संसार देखाउनु भएको तिथि र मिति मिलेछ आज मेरो जन्म दिन परेछ सर्वप्रथम त मलाई यो संसार देखाउनु हुने र यो धर्तीमा मलाई पाईला टेकाउनु हुने मेरो बुबा आमा प्रति आभार व्यक्त गर्न चाहान्छु । अरुले भने जस्तै आज मेरो जन्म दिन,अर्थात मेरो जन्म उत्सव हो । आजै दिन यही ईजराईलमा रहनु हुने मलाई हरेक दुःख सुखमा साथ र सहयोग गर्नु हुने मेरी प्यारी दिज्यू ठुलीचन्द्रकला कोयि राई को पनि जन्म दिन आजैको दिन परेको रहेछ । त्यसैले आज प्रदेशी दिदी बहिनी एक साथ धनकुटा – १० बिश्रान्ति आश्रम मुलघाटमा हजुरहरुको साथमा छौं ।
मेरो पुख्यौली घर भोजपुर भएपनि सानै उमेर देखि मोरङ जिल्लाको पथरी –१० मा बाल्यकाला जिवन दिताए , त्यही शिक्षा दिक्षा प्राप्त गरे बाध्यता र परिस्थितिले हाल बिदेशी भूमि ईजराईलमा कार्यरत छु । मलाई पनि नेपालमा नै बस्ने मन थियो तर आ–आफ्नो जन्मदाको लेखनताले लेखेको पुरा गर्न म विगत १६ वर्ष देखि ईजराईलमा रोजीरोटीको लागि बसोबास गदै आएकी छु ।
विदेशी भूमिलाई कार्यथलो बनाएर बसोबास गरेको पनि आज १५ – १६ वर्ष भएछ । म ईजराईलमा रोजीरोटीको लागि बसेपनि नेपालमा रहनु हुने पत्रकार दिल बहादुर राई संगको सहकार्यमा धेरै दिन दुखीको आँशु पुछ््ने प्रयास गरेकी छु । मेरो जन्म उत्सब बाहेक पनि नेपालको विभिन्न जिल्लाका दिन दुखी गरिब अपाङ्ख असाय पिडित र बुद्धा बुद्धहरुलाई नगद,खाद्यन्य र लत्ताकपडा दिएर सहयोग गदै आएकी छु । म विगत १६ वर्ष देखि ईजराईलमा कार्यरत छु । हाल मेरो घर मोरङ जिल्लाको पथरी –१० मा अवस्थित छ ।
म बिदेशमा भएतापनि आज मेरो जन्म दिन परेकाले नेपालमा रहनुहुने पत्रकार दिल बहादुर राई संगको सहकार्यमा अहिले म धनकुटाको मुलघाट यहाँहरुको काँखैमा छु जस्तो लाग्छ । मलाई देख्नु भयो त ? मलाई मनको आँखाले देख्नु भएन भने ब्यानरमा हेर्नु त मैले तपाहरुलाई नमस्कार गरीरहेकी छु त ?
मानिसको जिवन यस्तै नै रहेछ तपाई हामीले जन्म लिएपछि अवश्य एक दिन मरेर जानु नै पर्ने रहेछ , मानिस नमर्ने शहर खै कहाँ होला र कोही अघि त कोही पछि आखिर मृत्यु त अवश्य नै सबैको हुदोरहेछ । मर्नु पर्छ भन्ने जान्दा जान्दै यो दुनियमा मान्छेहरुले खै किन असल बाटो छाडेर कुकार्य तिर लाग्छन् ? आजको दिन तपाईहरुलाई मैले एक छाक खाना खुवाएर मेरो कथा सुनाउन खोजेकी होइन एक पटक सोच्नुहोस त ? तपाई हामी खाली हात मुठी बाँधेर यो धर्तीमा आएका हौं जादा खाली नै मुठी खोलेर जान्छौं आएको एक्लै हो आखिर जाने पनि त एक्लै नै हो नि होइन र
मैले यहाँहरुलाई एक छाक खाना खुवाएर ठुलो काम गरे जस्तो त लाग्दैन तर यहाँहरु बृद्धा आश्रममा बसेकाले मेरो जन्म दिनको अवसर पारेर एक छाक खाना र एक सरो फेरफार गरी दिन सक्दा मेरो आत्मलाई शान्ती मिल्छ । त्यसैले यस पटकको जन्म उत्सब तपाईहरु संग धनकुटाको मुलघाटमा मनाउने योजना बनाए , यसमा मलाई सहयोग र सल्लाह दिनु हुने पत्रकार दिल बहादुर राई अहिले तपाईहरु संग उभिरहनु भएको छ । उहाँको सल्लाह र सहयोगमा आजको कार्यक्रम यहाँ तय गरेका हौं । हजुरलाई ठुलो सहयोग गर्न नसकेपनि एक छाक दिवा खाना र एक , एक वटा टिसर्ट उपलब्ध गराएकी छु । भनिन्छ दिनेले थोरै दिएपनि धेरै दिए जस्तो लाग्छ रे त्यस्तै लिनेले धेरै लिएपनि थोरै लिए जस्तो लाग्छ रे मैले सुनेकी कुरा , हजुरहरु र म मा त्यस्तो नहोस् है , मैले स्व ईच्छाले यहाँहरुलाई सहयोग गरेकी हुँ । म बिदेशमा छु, नेपाल आएपछि पत्रकार दिल बहादुर राई संग हजुहरुलाई भेट्न अवश्य मुलघाट आउनेछु । हाम्रो भेट होस् यहाँहरुको अशिरवाद्को अपेक्षा गरेकी छु ।
आश्रमको बारेमा पत्रकार राईले धेरै कुरा भन्नु भएको छ मैले सबै कुरा यस सन्देशमा राख्न सकिन , यहाँहरुको शु–स्वास्थ्य दिर्घायुको कामना गदै आश्रम सञ्चालन समितिका पदाधिकारीहरु, यस कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरु साथै यो मेरो सानो सहयोगलाई समाचारको रुप दिन समाचार संकलनका लागि मुलघाट सम्म जानु हुने सम्पूर्ण पत्रकार ज्यूहरुलाई धेरै धेरै धन्यवाद , मैले गर्ने समाज सेवालाई नेपालमा बसेर सहयोग र सहकार्य गर्नु हुने पत्रकार दिल बहादुर राईलाई बिषेश धन्यवाद दिदै तपाईहरुको चेली म कंसिस वान्तवा राई बिदा हुन्छु हस् त सेवा सेमुना हौवा दर्शन नमस्कार
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend