Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वबाट नेपाल प्रवेश गर्दै मनसुनी वायु, पानी पर्दै

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०८०, आइतबार
पूर्वबाट नेपाल प्रवेश गर्दै मनसुनी वायु, पानी पर्दै

धरानः अब बिस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएकाले उखरमाउलो गर्मी बिस्तारै घट्ने भएको हो ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । ‘त्यसैले तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ,’ उनले भने, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भाग वर्षाको सम्भावना छ ।’
मनसुनी वायु पनि भारतको केरला हुँदै उत्तरतर्फ आइरहेको उनले बताए । ‘मनसुनी वायु अहिले केरला हुँदै नर्थ इन्डिया प्रवेश गरिरहेको छ,’ मौसमविद् लामिछानेले भने, अब केही दिनमा पुग्छ । नेपालको पूर्वी भागबाट प्रवेश गर्ने वायुले वर्षा गराउनेछ । त्यसको केही प्रभाव देखिन थालिएको छ ।’
मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ । गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो ।

प्रकाशित मिति: जेष्ठ २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend