Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजेट पुस्तिकाका त्रुटि तत्काल सच्याउन सभामुखको निर्देशन

हाम्रो कोशी आवाज
असार ५ २०८०, मंगलबार
बजेट पुस्तिकाका त्रुटि तत्काल सच्याउन सभामुखको निर्देशन

धरान: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन्।
मंगलबार १५ मिनेटको स्थगनपछि बसेको प्रतिनिधिसभा बैठकमा उनले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटि भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन्।
यसअघि बसेको बैठकमा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।
सभामुख घिमिरेले भने, ‘हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं। सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरु खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउन यसअघि निर्देशन भईसकेको छ। त्यस्ता कुनै त्रुटिहरु भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु।
त्यसैगरी सभाको आजको कार्यसूचिमा रहेको सहरी विकास मन्त्रालयअन्तर्गत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमहरुको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरुले प्रश्न उठाईसकेपश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिबद्धतासमेत व्यक्त गरिसक्नु भएकाले अंकको सट्टा प्रदेशको नाम राखी सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु।’
एमाले सांसदहरुले अवरोध गरेपछि यसअघि बसेको प्रतिनिधिसभा बैठकमा सहरी विकासमन्त्री सिता गुरुङले सो विनियोजन शीर्षकमा केही त्रुटी भए सच्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति: असार ५ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend