Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२०२३ को जुनसम्म भित्रिए ४ लाख ७६ हजार ५०७ जना पर्यटक

हाम्रो कोशी आवाज
असार १७ २०८०, आइतबार
२०२३ को जुनसम्म भित्रिए ४ लाख ७६ हजार ५०७ जना पर्यटक

सन् २०२३ को जुन महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनामा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन्।
जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्।
बोर्डकाअनुसार भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट चार हजार ३४३, बेलायतबाट एक हजार ९९२ र अष्ट्रेलियाबाट एक हजार ६३९ जना पर्यटक आएका छन्।
बोर्डका अनुसार सन् २०२३ को ६ महिना जनवरीदेखि जुनसम्म ४ लाख ७६ हजार ५०७ जना पर्यटक नेपाल भित्रिएका छन्।
तथ्यांक अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७२ हजार ७३० जना पर्यटक भित्रिएका हुन्।

प्रकाशित मिति: असार १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend