Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङले विश्व रेकर्ड कायम गरेका कि सम्मानित भएका ?

हाम्रो कोशी आवाज
असार १८ २०८०, सोमबार
धरानका मेयर हर्क साम्पाङले विश्व रेकर्ड कायम गरेका कि सम्मानित भएका ?

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो प्रयासमा श्रम-संस्कृतिको प्रवद्र्धन गरी देश–विदेशबाट वाहवाही पाएसँगै ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन) ले समेत कदर गरेको छ ।
मेयर साम्पाङले श्रम-संस्कृतिको प्रवद्र्धन गर्दै ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा सो कार्यको मान्यतासहित कदर गर्दै सम्मान गरेको हो ।
धरान उपमहानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा संस्थाका नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानव धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाइजी , गायक निर्णय श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्तरुपमा सो कदर पत्र हस्तान्तरण गरेका थिए ।
कदरपत्र पाएपछि प्रफुल्लित हुँदै मेयर साम्पाङले आफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मूल्यांकन हुँदा अझै काम गर्ने जोस, जाँगर थपिएको बताए । उनले आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र २५ करोड बिरुवा रोप्ने समेत बताए । प्रमुख कटुवालले मेयर साम्पाङको कार्यहरु नियालिरहेको र प्रेरणादायी श्रम–संस्कृतिले धेरै नै प्रभाव पारेको बताए । मेयर साम्पाङले कदरपत्र पाएपछि अधिकांशले विश्व रेकर्डबारे सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको थियो ।

प्रकाशित मिति: असार १८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend