Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डेंगु नियन्त्रणलाई प्राथमिकतामा राख्न मानव अधिकारद्वारा सरकारको ध्यानाकर्षण

हाम्रो कोशी आवाज
साउन ३२ २०८०, बिहिबार
डेंगु नियन्त्रणलाई प्राथमिकतामा राख्न मानव अधिकारद्वारा सरकारको ध्यानाकर्षण

धरानः राष्ट्रिय मानव अधिकार आयोगले डेंगु नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमण बढ्दै जाँदा महामारीको रुप लिनसक्ने भन्दै त्यसतर्फ सचेत गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्न एवं जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने कार्यमा तीनै तहका सरकार बिच प्रभावकारी समन्वय र सहकार्य गर्न तथा डेंगु नियन्त्रण र रोकथामका लागि सरसफाई, जनचेतनालगायतका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्दछ।’
डेंगु संक्रमण फैलिन थालेपछि नियन्त्रणका लागि सरसफाई गर्नुका साथै पानीका खाल्डाखुल्टी पुरिदैछ । आयोगले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ९१६० ले प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको सङ्क्रमण नहुने र रोक्नेतर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने जनाएको छ ।
आयोगले डेंगुको संक्रमण बढ्दै जाँदा पछिल्ला एक महिनामा मात्रै संक्रमितको संख्या १२ हजार नाघिसकेको र आठजनाको ज्यान समेत गइसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रकाशित मिति: साउन ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend