Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धिमे बाजा सिक्दै नयाँ पुस्ता

हाम्रो कोशी आवाज
भाद्र ६ २०८०, बुधबार
धरानमा धिमे बाजा सिक्दै नयाँ पुस्ता

धरानः सिद्धि नेवाः परिषद् र पासा खलः धरानको संयुक्त अयोजनामा सम्पन्न ४५ दिने धिमे बाजा तालिमको समापन भएको छ ।
तालिममा ५१ जना सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । गत असार १८ गतेदेखि भाद्र ४ गतेसम्म तालिम सम्पन्न भएको थियो । समापन कार्यक्रममा सहभागहिरुले प्रशिक्षण अवधिमा सिकेको कला प्रस्तुत गरेका थिए ।
धिमे वाजा नेवाःहरुले विभिन्न शुभ साईतको कार्य र मेला जात्रा पर्वहरुमा बजाउने लोकप्रिय बाजा भएको र धरानमा यसलाई प्रर्वधन र संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले वताए । कार्यक्रममा प्रमुख प्रशिक्षक समिर आचार्जु श्रेष्ठ, रेवन तुलाधर र सहायक प्रशिक्षक श्वेता शाक्य र अंकित श्रेष्ठलाई प्रशंसा पत्र साथै मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रम संयोजकहरु हरिकृष्ण श्रेष्ठ र अमृत श्रेष्ठलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरियो ।
कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले धिमे बाजा तालिमले ५१ जना धिमे वाजा बजाउने कलाकार उत्पादन गरेकोमा खुशी व्यक्त गर्दै संस्थाले गरेका काम र योजना बारे जानकारी गराएका थिए । सहभागीको तर्फबाट सजन कुमार वज्राचार्य र रेशिका श्रेष्ठले तालिम सिकाई र व्यवस्थापकी दृष्टीले उत्कृष्ट रहेको धारणा व्यक्त गरेका थिए । प्रमुख प्रशिक्षक रेवन तुलाधरले सहभागीहरुको सिक्ने उत्साह र लगनशिलाको प्रशिक्षण सफल भएको जानकारी गराए । पासा खलःका अध्यक्ष आयुष शाक्यले सिद्धि नेवाः परिषद्सँग सहकार्य गरेर कार्यक्रम गरेकामा खुशी व्यक्त गर्दै सिद्धि नेवाः परिषद्लाई कृतज्ञता ज्ञापन गर्दै स्मृति चिन्ह प्रदान गरेका थिए ।
प्रशिक्षणबाट उत्पादन भएका कलाकारहरुलाई पुनतार्जगी तालिम र अन्य विभिन्न विषयका तालिमहरु प्रदान गर्ने पिरषद्का महासचिव मोहन श्रेष्ठले बताए । कार्यक्रममा नेवाः देय् दवूका केन्द्रीय सल्लाहकार सरला कायस्थ, केन्द्रीय उपाध्यक्ष अनिल मास्के, केन्द्रीय सदस्य नरेश कुमार शाक्य, जिल्ला अध्यक्ष वसन्तकुमार श्रेष्ठ, नगर अध्यक्ष मनोहर शाक्य, पासा खलःका निवर्तमान अध्यक्ष सन्तोष शाक्य, ३ नं. वडाध्यक्ष विद्या शाक्य लागयत खलः पुचहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: भाद्र ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend