Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलद्वारा एसईईमा ४ जीपीए ल्याउनेलाई एक लाख नगदसहित सम्मान गर्ने घोषणा, अभिभावकसहित विद्यार्थी सम्मानित (५४ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
असार २१ २०८१, बिहिबार
धरानको विष्णु स्कुलद्वारा एसईईमा ४ जीपीए ल्याउनेलाई एक लाख नगदसहित सम्मान गर्ने घोषणा, अभिभावकसहित विद्यार्थी सम्मानित (५४ तस्वीर र भिडियोसहित)

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एसईईमा परीक्षामा ४ जीपीए ल्याउनेलाई नगद एक लाखसहित सम्मान गर्ने घोषणा गरेको छ ।
चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा जीपीए ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हो । संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले एसईई परीक्षामा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई एक लाख नगदसहित सम्मान गरिने घोषणा गरेका हुन् ।
‘अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’, उनले भने, ‘यसपछि परीक्षा र हालै भएको एसईईमा ४ जीपीए ल्याउनेलाई थप लगनशील बनाउन यस्तो निर्णयले थप उर्जा मिल्छ भन्ने विश्वास लिइएको छ ।’
यसैबीच एसईई उत्तीर्ण सबै विद्यार्थीलाई एक कार्यक्रमका बीच अभिभावककै उपस्थितिमा अभिभावकसहित उनीहरूलाई सम्मान गरिएको छ । केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी गृष्मा लुइँटेलसहित एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको हो ।
संस्थापक अध्यक्ष कटवाल, प्रिन्सिपल निलमकुमार श्रेष्ठ र अध्यापकहरूलाई अभिभावकले समेत सम्मान गरेका थिए ।
विष्णुकी छात्राले इतिहासमै पहिलोपल्ट ४ जीपीए ल्याउँदै दुर्लभ नतिजा ल्याएकी हुनन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा गृष्मा पनि परेकी हुन् ।
१४२ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४.०० जीपीए (ए प्लस) सहित ९० जना, ३.२१–३.६ जीपीए (ए) सहित ४५ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले अधिकांश विद्यार्थीको ए प्लस नतिजाको अपेक्षा गरेका थियौं । तर देशभरमा समेट्ने गरी एकजना छात्राले ४ जीपीए नतिजा निकाल्न सफल भइन्, हामीले सोचेभन्दा पनि राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।’
२०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा यो इतिहासमै पहिलोपल्ट उत्कृष्ट नतिजा भएको संस्थापक अध्यक्ष कट्वालले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।

 

प्रकाशित मिति: असार २१ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend