धरानः रयाडिकल लाइट नेपाल प्रालि धरानले आयोजना गरेको कोशी प्रदेश स्तरीय एसईई स्पिकर–२०८१ को बिजेताहरुलाई बुधबार नगद पुरस्कार वितरण गरिएको छ ।
धरान–८ स्थित सहिद स्मृति माविको सभाहलमा बिजेता ममता तामाङलाई धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले २० हजार रुपैयाँ नगद प्रदान गरे । यसैगरी फस्ट रनर अप दिया राई, सेकेन्ड रनर अप क्याथरिन योन्जन र थर्ड रनर अप रेशिका शर्मालाई उपमेयर बेघाले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरे ।
सब टाइटलको उपाधि हासिल गर्ने ११ जना विद्यार्थीहरुलाई समेत जनही १–१ हजार रुपैयाँ प्रदान गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । यति सानो उमेरमा देशका समसामयिक ्िवषयमा बोलेर बिजेता बन्न सफल भएको भन्दै उपप्रमुख बेघाले विद्यार्थीहरुलाई बधाई दिए । भबिष्यमा प्रधानमन्त्री, पालिका प्रमुख लगायत विभिन्न पदमा पुगी देशको सेवा गर्न उप–मेयर बेघाले विद्यार्थीहरुलाई उत्प्रेरणा दिए ।
पुरस्कार वितरण कार्यक्रममा सहिद स्मृति माविका प्रधानाध्यापक राम विष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का सिइओ सुरेन्द्र घिमिरे र शिक्षिका एवम् समाजसेवी सुस्मिता लिम्बूको उपस्थिति थियो ।













