धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीद्वारा कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ ।
धरान-१२ कै गोरखा होटलमा अभिमुखीकरण कार्यक्रम सप्पन्न भएको हो । एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले सुनाखरी गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन सक्षम रहेको बताए ।
धरान उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंकबहादुर राईले कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गरे ।
एन्फा एकेडेमी धरानका वरिष्ठ फुटबल कोच एवम पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीले सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था भएको बताउँदै नव आगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिए ।
एकेडेमीका प्लस टु कोअर्डिनेटर टपकुमार राईले सुनाखरीले संख्यामा भन्दा गुणस्तरमा ध्यान दिँदै आएकोले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । प्राइम भिजन कलेजका सिईओ अभिषेक श्रेष्ठले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई अभिमुखीकरण प्रस्तुत गरे । कक्षा–१२ का विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरे। एकेडेमीका निर्देशक प्रदीप राईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य किशोर सम्वाहाम्फे, प्राइम भिजन कलेजका प्रबन्ध निर्देशक, करातेका प्रशिक्षक किरण लामा शिक्षक–शिक्षिका लगायतको उपस्थिति थियो ।







