धरानः धरान–१० पुतली लाइनस्थित लोटस प्लाजामा रहेको सुमेधा एजुकेसन नेटवर्क प्रालिले आयोजना गरेको एकदिने जानकारीमूलक सेसनमा ३ सय बढी विद्यार्थीले भिजिट गरेका छन् ।
लोटस प्लाजाको चौथो तलामा रहेको आफ्नै कार्यालयमा ३ सय बढी विद्यार्थीहरूले अब्रोड स्टडीसम्बन्धी जानकारी लिएको प्रा.लि.का सि.ई.ओ. सुरेन्द्र घिमिरेले जानकारी दिए ।
अमेरिका, यु.के., क्यानाडा, अष्ट्रेलिया, जापानलगायतका देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरु बुझ्न आएका थिए । प्रा.लि.को कार्यालयमा आएका विद्यार्थीहरुलाई सम्बन्धित देशका युनभर्सिटीबाट आएका प्रतिनिधिले ती देशमा अध्ययनका लागि जादा गर्नुपर्ने कुराहरुको बारेमा जानकारी दिए ।
विदेश अध्ययन गर्न जाँदा कुन देशमा कस्तो प्रावधान होला भनेर कौतुहल थियो तर सुमेधामा आएपछि सरल ढङ्गले बुझ्न पाएको विद्यार्थी सम्झना लिम्बूले बताइन् । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुन देशमा कस्तो प्रावधान छ भनेर बुझ्न सजिलो होस् भन्ने उद्देश्यले एकदिने निःशुल्क जानकारीमुलक सेसन राखेको प्रा.लि. का सि.ई.ओ. घिमिरेले बताए । एक दिनमा अपेक्षा गरे भन्दा बढी विद्यार्थीहरुले भिजिट गरेको घिमिरेले बताए । पछिल्लो समय सुमेधा वैदेशिक अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि भरपर्दो र विश्वसनीय बन्दै गइरहेको छ ।